डब्लुएचओले कोरोना परीक्षण छिटो गर्ने प्रविधि पुर्‍याउने

२०७७ आश्विन १३ गते, मंगलवार


काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन ‘डब्लुएचओ’ ले केही मिनेटभित्रै कोरोना भाइरस संक्रमण पत्ता लगाउने परीक्षण विधि न्यून र मध्यम आय भएका मुलुकमा विस्तार गर्ने भएको छ । पाँच डलर मात्र लागत पर्ने सो परीक्षण प्रविधि स्वास्थ्यकर्मी र प्रयोगशाला कम भएका अल्पविकसित मुलुकमा डब्लुएचओले पठाउन लागेको हो । डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले यो परीक्षण कोरोना भाइरस नियन्त्रणका लागि प्रमुख कोसेढुङ्गा साबित हुने बताए ।
यसले प्रयोगशालाको सुविधा र पर्याप्त स्वास्थ्यकर्मी नभएका क्षेत्रमा परीक्षणको दायरा बढाउने डब्लुएचओको भनाइ छ । उत्पादकहरूसँग सम्झौता गरेर डब्लुएचओले छ महिनाभित्र १२ करोडवटा त्यस्ता परीक्षण उपलब्ध गराउने तयारी थालेको छ । औषधि निर्माताहरू एब्बो र एसडी बायोसेन्सरले च्यारिटेबल संस्था बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका लागि १२ करोड परीक्षणहरू उत्पादन गर्न सहमत बनेका हुन । सम्झौताले १ सय ३३ देशमा सहायता पुग्नेछ । त्यसमा हाल महामारीले धेरै असर पारेका र मृत्यु भएका मुलुकहरु पर्दछन् । परीक्षणका लागि नमुना दिएपछि त्यसको नतिजा आउन लामो समय लाग्दा धेरै देशमा कोरोनाभाइरस फैलिन नदिन गाह्रो हुने गरेको छ । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु