तातोपानी नाका असोज १९ गतेबाट खुल्ने

२०७७ आश्विन १३ गते, मंगलवार


काठमाडौ । नेपाली र चिनियाँ पक्षबीच आज सिन्धुपाल्चोकमा भएको द्विपक्षीय बैठकले तातोपानी नाका खुला गर्ने निर्णय गरेको छ । बैठकले लामो समयदेखि बन्द रहेको नाका असोज १९ देखि खोल्ने निर्णय गरेको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार असोज १८ गतेभित्र आवश्यक सबै तयारी गर्ने र १९ गतेदेखि नाका सञ्चालनमा ल्याउने निर्णय भएको छ । उनका अनुसार सीमामा सामान लोड तथा अनलोड गर्नेसहित सम्बन्धितको पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्नेछ भने अन्य स्वास्थ्य सुरक्षा सावधानीसमेत अपनाएर नाका सञ्चालनमा आउने छ । दुई पक्षीय बैठकमा चीनतर्फको ल्हासाका अधिकारी र नेपाल तर्फबाट प्रमुख जिल्ला अधिकारी ढकालसहितका अधिकारीहरु सहभागी थिए । नाका खुलाउन परराष्ट्र मन्त्रालयले चीनसँग आवश्यक पहल नगरेको भन्दै आलोचना हुँदै आएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु