वैदेशिक रोजगार कार्यालयको सेवा बन्द

२०७७ आश्विन १४ गते, बुधबार


काठमाडौं । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलका सम्पूर्ण सेवा बन्द गरिएको छ । अर्को सूचना जारी नहुँदासम्मका लागि श्रम स्वीकृतिलगायत सम्पूर्ण सेवा बन्द गरिएको कार्यालले जनाएकाे छ । एक जना कर्मचारीमा कोरोना पुष्टि भएकाे र अन्य केही कर्मचारीमा पनि काेराेनाकाे लक्षण देखिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिनुभयाे । उहाँका अनुसार फ्रन्ट लाइनमा कार्यरत एक कम्प्युटर अप्रेटरमा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
ताहाचलबाहेक अन्य श्रम कार्यालयहरुबाट भने श्रम स्वीकृति जारी भइरहेको महानिर्देशक दाहालले जानकारी दिनुभयाे । निषेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]