प्रचण्डलाई बम जनताले हानेका हुन: किरण

२०७० कार्तिक २९ गते, शुक्रबार

काठमाडौं,२९ कात्तिक ।नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले प्रचण्डलाई लक्षित गरी कंचनपुरमा भएको बम आक्रमण आफूहरुले गरको नभई जनताले गरेको बताएका छन् । प्रचण्डले विगतमा ठूलो अपराध गरेको र उहाँ मानसिक रुपमा पराजित भैसक्नु भएकाले यस्तो आरोप लगाउनु भएको किरणले बताए ।आज पार्टी केन्द्रिय कार्यालय बुद्धनगरमा पार्टीको धारणा र्सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा किरणले यस्तो कुरा बताएका हुन् । पत्रकार सम्मेलनको क्रममा किरणले सरकार र ४ दलिय सीण्डिकेटले जनताको विरोध गर्ने सामान्य अधिकार समेत कुण्ठित गर्दै आफ्ना कार्यकर्तालाई धरपकड गरिरहेको र १५० जना नेता तथा कार्यकर्तालाई झुठा मुद्दा लगाएर फसाउने काम फासिष्ट चरित्र भएको पनि बताए ।उनले सर्वोच्च अदालत जनताको अदालत नभएको भन्दै सर्वोच्चको आदेश आफूहरुले नमान्ने र सर्वोच्चले जारी गरेको अन्तरिम आदेश समेत आफूहरुलाई मान्य नहुने पनि बताए । पत्रकार सम्मेलन अघि सर्वोच्च अदालतका कर्मचारीहरु निर्णय सहितको पत्र बुझाउन बुद्धनगर पुगेका थिए ।
उनले सेना परिचालन गरेर गरिने निर्वाचन नौटंकी भएको र अझै पनि चुनाब नहुने र यदि चुनाव भए पनि यस्ले जनताको संविधान दिन नसक्ने दावी गरे । अझै पनि आफूहरु सहमितको लागि तयार रहेको र यस्को लागि सम्पूर्ण पत्रकार, बुद्धिजीवी, नागरिक समाज आदिलाई दवाव दिन आग्रह गर्दै यदी बल पर्ूवक निर्वाचन गर्न खोजिए जनताले कडा प्रतिवाद गर्ने पनि जिकिर गरे ।

प्रतिक्रियाहरु

[anycomment]