सहुलियत पसल सञ्चालन !

२०७७ आश्विन १५ गते, बिहीबार


काठमाडौं। आजदेखि खाद्य वस्तु बिक्री गर्न सहुलियत पसल सञ्चालन हुने भएको छ । चाडपर्वलाई लक्षित गरी उपत्यका र बाहिर गरी ६५ भन्दा बढी स्थानमा पसल सञ्चालन गर्न लागिएको हो । यस्ता पसलबाट नुन, चिनी, घिउ, चामल, दाल, फापर, केराउ, सिमी र खसीबोकामा छुट दिइनेछ । यस्ता पसल छठ पर्वसम्म सञ्चालनमा रहनेछन् ।
साल्ट ट्रेडिङ कर्पोरेसन र र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, थापाथाली, नख्खु, प्रयागपोखरी, जावलाखेल र भक्तपुरमा यस्ता पसल सञ्चालन गर्न लागेका हुन् ।
त्यस्तै दुग्ध विकास संस्थानले पनि आफ्ना उत्पादनमा छुट दिने छ । विगतमा रामशाह पथमा एकीकृत सहुलियत पसल सञ्चालन गर्दै आएकोमा यो पटक भने राखिएको छैन ।
बढी भीड हुने आकलनले एकीकृत सहुलियत पसल नराखिने भएको हो । साल्ट र खाद्यका आफ्नै बिक्री केन्द्र र स्टलमार्फत उपभोक्ताले सहुलियतमा खाद्य सामाग्री खरिद गर्न पाउने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु