महाकाली अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

काठमाडौँ । कन्चनपुरस्थित महाकाली अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द भएका छन् । आईसीयुमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक बाहेकका सेवाहरु बन्द गरिएका हुन् ।
अस्पताल प्रशासनले ओपीडी लगायतका कक्षहरुमा निसंक्रमण गरिने भएकाले आज सेवा बन्द हुने जनाएको छ । १५असोजमा भर्ना भई आईसीयुमा उपचाररत एक बिरामीमा संक्रमण देखिएको हो ।