अखिल (क्रान्तिकारी) द्वारा रक्तदान

काठमाडौँ । अखिल क्रान्तिकारी मकवानपुरको आयोजनामा हेटौँडामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २७ जनाले रक्तदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाही थिए । केन्द्रीय सदस्य तथा नारायणी संयोजक मदन केसी, जिल्ला अध्यक्ष विवेक घलान ‘अनिल’ र विशेष अतिथिका रूपमा निर्मल बहुमुखी क्याम्पसका प्रधानाध्यापक प्रबोध बिडारीको उपस्थिति रहेको जनाइएको छ । सोमबार भएको कार्यक्रममा रक्तदान गर्नेहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रमको संयोजन विवेक घलानले गरेका थिए । कोरोनाका कारण रगतको अभाव भएको भन्दै क्रान्तिकारीले देशव्यापी अभियानकै रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यसैगरी , अखिल (क्रान्तिकारी) कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला समितिले पोखरामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । देशैभरि कोरोना महामारी फैलिएको र राज्यले सङ्गठनमाथि अघोषित प्रतिबन्ध गरेको अवस्थामा पनि सामाजिक दायित्वसहित आफ्नो सङ्गठनले मानवीय संवेदना, जीवनरक्षा र जिम्मेवारी महसुस गर्दै रक्तदान गरेको अखिल (क्रान्तिकारी) का कास्की जिल्ला संयोजक पुरनले बताए । कार्यक्रममा पीएन जिल्ला संयोजक उपेन्द्रसहित विद्यार्थी नेताहरुको सहभागिता थियो ।