आवासीय चिकित्सकद्वारा बहिरंग सेवा बहिष्कार

२०७७ आश्विन २० गते, मंगलवार

काठमाडौं । २३ दिनदेखि चिकित्सा शिक्षा सुधारको मागसहित अनसनमा बसेका डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरूले ओपिडी सेवा बहिष्कार गरेका छन् ।
तीन शिक्षण संस्थाका चिकित्सकले विज्ञप्ति जारी गर्दै अनसनको २२ दिन पुरा भइसक्दापनि सरकारले बेवास्ता गरेको भन्दै चरणवद्ध आन्दोलनको घोषणा समेत गरेका छन् । आन्दोलनका क्रममा कोरोना भाइरस संक्रमित,आकस्मिक तथा इन्डोर सेवामा भने अवरोध नगरिने विज्ञप्तिमा उल्लेख छ ।
आवासीय चिकित्सकले डा. केसीको जीवनरक्षाका लागि वार्ता टोली गठन गर्न माग पनि गरेका छन् । अनसनरत केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ ।

प्रतिक्रियाहरु

[anycomment]