सत्ताधारी नेकपाका २२४९ कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा

काठमाडौं । सत्ताधारी नेकपाका २ हजार कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा गरेका छन् । उनीहरुले प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावकाे विरोध गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । सो पार्टीका ३५ संस्थामा आबद्ध २ हजार २४९ जना पार्टी सदस्यले पार्टी परित्यागको घोषणा गरेको बताएका छन । उनीहरुले बुटवल हरेक दृष्टिकोणले राजधानीका लागि उपयुक्त भए पनि पार्टीले गलत निर्णय गरेको अरोप लगाउँदै पत्रकार सम्मेलन गरी पार्टी सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् ।
उनीहरुले राजधानी प्रस्ताव फिर्ता नदिए पार्टीमा बस्नुको कुनै अर्थ नभएको बताए । गृहकार्य बिना एकलौटी रुपमा राजधानीको विषयमा निर्णय गरेको उनीहरुको आरोप छ ।
राजीनामाको घोषणा गर्नेमा रुपन्देही उद्योग संघका अध्यक्ष बावुराम बोहरा, रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष मोतिलाल पाण्डे, पश्चिम नेपाल नेपाल वस व्यवसायी नारायण घिमिरे, होटल व्यवसायी माधव नेपाल लगायत छन् ।