भोजपुर अदालत र प्रहरीले लापरवाही गरेको सेवाग्राहीको गुनासो

२०७७ आश्विन २१ गते, बुधबार

काठमाडौँ । भोजपुर जिल्ला अदालत , सरकारी वकिल कार्यालय र प्रहरी कार्यालयले फैसला, आदेश र कार्यसम्पादनसम्बन्धमा चरम लापरवाही गरेको सेवाग्राहीले गुनासो गरेका छन । सेवाग्राहीको असन्तुष्टि र ति कार्यालयको कार्याशैली हेर्दा ति निकायहरु बिबादमा फस्दै गएका छन । गत भदौ १८ गते पुनरावेदन अदालत धनकुटाले नेकपाका स्थानीय नेता मोहन राई , त्रिलोचन बिकलागायतका विषयका विरुद्ध जिल्ला अदालतले गरेको फैसलाका कारण बिबाद सृजना भएको बताइएको छ।
यसैबीच , नेपाल कम्युनिस्ट पार्टीका नेता अनिल शर्मा ‘बिरही ‘ र देवान राईको मुद्दा असोज १८ गते अदालतमा दर्ता भएकै दिन न्यायाधिश खुसुक्क काठमाडौँ गएका छन भने सरकारी वकिलले बहसमा सहभागी नभएको बताइएको छ । नेकपाका नेता विरहीको स्वास्थ्य कम्जोर भएको र उनको MRI गर्न सुनसरी अदालतले प्रहरी प्रशासनलाई आदेश दिए पनि अटेर गरी रातारात भोजपुर पुयाइएको उनको पारिवारिक स्रोतले बताएको छ।
नेता बिरही सुगर, मेरुदण्डलगायत गम्भीर बिरामी रहेको अवस्थामा उपचार गराउँदागराउँदै गिरफ्तारीमा परेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]