सासिन गभर्नरहरुको सम्मेलन मंसिर ६ देखि
काठमाडौँ । दक्षिणपूर्वी एसियाली केन्द्रीय बैंकका गभर्नरहरुको सम्मेलन आगामी मंसिर ६ देखि ८ सम्म काठमाडौँमा हुने भएको छ । नेपाल राष्ट्र बैंकले नेपालमा सासिन गभर्नरहरुको सम्मेलन आयोजना गर्न लागेको हो । बैंक दक्षिणपूर्वी एसियाली केन्द्रीय बैंकहरुको संगठन -सासिन) को संस्थापक हो । बोर्ड अफ गभर्नस्को ३३ औँ बैठक तथा गभर्नरहरुको ४९ औँ सम्मेलनको उद्घाटन राष्ट्रपतिले गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । बोर्ड अफ गभर्नस् बैठकले सासिनको आगामी नीति, रणनीति तथा आगामी कार्यक्रम एवं बजेट स्वीकृत गर्ने बताइएको छ । बोर्ड अफ गभर्नस्को बैठकपछि सम्मेलन आयोजना हुनेछ । सासिनमा इन्डोनेसिया, मलेसिया, म्यान्मार, नेपाल, फिलिपिन्स, सिंगापुर, श्रीलंका, थाइल्यान्ड, ब्रुनाइ, तान्जानिया, कम्बोडिया, चीन, भारत, फिजी, उत्तर कोरिया, लाओ गणतन्त्र, मंगोलिया, पपुवा न्युगिनी, ताइपेयी र भियतनाम सदस्य छन् ।