१४ राजनीतिक दलद्वारा एमसीसीबिरुद्ध प्रदर्शन

२०७७ आश्विन २२ गते, बिहीबार


काठमाडौँ । नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) लगायत १४ राजनीतिक दलले एमसीसीविरुद्ध पोखरामा संयुक्त विरोध प्रदर्शन गरेका छन् । अमेरिकी साम्राज्यवादी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमीसी) सम्झौता खारेजीको माग गर्दै आएका ती १४ दलले पूर्वनिर्धारित कार्यक्रमअनुसार बुधबार पोखरामा विरोध प्रदर्शन गरेका हुन् ।
पोखरा सभागृहचोकमा भएको विरोध प्रदर्शनपछि आयोजित सभामा नेकपाका प्रतिनिधि, नेकपा (क्रान्तिकारी माओवादी) गण्डकी प्रदेश सेक्रेटरी केशबहादुर परियार, केन्द्रीय सदस्य नारायण अधिकारी, नेकपा (मसाल) कास्कीका प्रवक्ता चन्द्रबहादुर केसी, नेकपा (माले) का केन्द्रीय सदस्य होमनाथ गिरी, देजमो गण्डकी प्रदेश अध्यक्ष नेत्र रानाभाट, राजमो कास्कीका अध्यक्ष रविमोहन ढकाल, नेकपा (माओवादी केन्द्र) का गण्डकी प्रदेश सेक्रेटरी भोजराज त्रिपाठी, अनेरास्ववियु (छैटौँ) का उपाध्यक्ष गणेश अधिकारी, जनजाति सम्मेलन क्षेत्रीय सदस्य डम्बर थापा, उद्योग व्यापार सङ्घका केन्द्रीय सदस्य सन्तोष पौडेललगायतले बोलेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नयाँ दल दर्ता गर्ने समय सकिदै

२०८२ मंसिर १ गते, आईतवार

२ लाख ५७ हजार ५०५ नयाँ मतदाता

२०८२ कार्तिक ३० गते, शनिबार