‘बलात्कारी संगठन’ पेज खाल्नेविरुद्ध अनुसन्धान शुरु

काठमाडौं । नेपाल प्रहरीले फेसबुकमा ‘बलात्कारी संगठन’ (रेपर एसोसियसन) पेज खोल्नेविरुद्ध अनुसन्धान सुरु गरेको छ । असोज २६ गते सोमबार आकस्मात् ‘रेपर एसोसियसन’ नामक पेज खोलिएपछि नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोले अनुसन्धान थालेको हो ।
साइबर क्राइम ब्यूरोले सोमबारबाटै अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको हो । यस क्रियाकलापमा संलग्नलाई जतिसक्दो चाँडै नियन्त्रणमा लिएर कारबाही गर्ने पनि ब्यूरोले जनाएको छ ।
त्यसोत, गत शनिबार मात्रै काठमाडौंको माइतीघर मण्डलामा बलात्कारीविरुद्ध फरक शैलीको विरोध प्रदर्शन गरिएको थियो । उक्त प्रदर्शनमा कालो कपडा लगाएका र मुख छोपेका युवतीहरुले धिमे बाजामा ‘बलात्कारी होस् तँ’ भन्दै विरोध गरेका थिए । उक्त विरोधपछि सामाजिक सञ्जाल फेसबुकमा रेपर एसोसियसन ‘बलात्कारी संगठन’ नामको पेज खोलिएको थियो । उक्त पेजको अहिले चौतर्फी विरोध भइरहेको छ ।