राज सिग्देलको ‘सोच तिम्रो’( भिडियोसहित )

२०७७ आश्विन २८ गते, बुधबार


काठमाडौं । गायक राज सिग्देलको स्वरमा रहेको ‘सोच तिम्रो’बोलको गीत सार्वजनिक गरिएको छ । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो स्वरको जादुबाट छुट्टै पहिचान बनाएका गायक सिग्देलको यस गीत केही दिनअघि इन्टरनेटमा ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । गीतमा लामो समयदेखि अमेरिकामा रहँदै आउनु भएका गीतकार पदम विश्वकर्माको स्वर छ । गीतकार पदमले लामो समयदेखि अमेरिकामै रहँदै विभिन्न गीतमा शब्द भर्दै आएका छन । उनले लेखेका गीत नेपाली गीतसंगीतको बजारमा छरिएका छन् ।
यस्तै गीतमा राम कार्कीको संगीत छ । संगीतकार रामले आफ्नो जीवनमा धेरै गीतमा संगीत भरेको र तीमध्ये मनले राम्रो भनेको लिष्टमा यो गीत पनि पर्ने बताए । द पिक स्टुडियोमा रेकर्ड भएको यो गीत को भिडियोमा दीपक आचार्य र इष्टु कार्कीले अभिनय गरेका छन । यस्तै मुना सिलवाल र प्रसन पोखरेललाई पनि देख्न सकिन्छ । कलाकार दीपक आचार्यले नेपालको लोकप्रिय हाँस्य टेलिशृंखला ‘सक्कीगोनी’का कलाकार समेत छन । यस्तै इस्टु अर्को लोकप्रिय हाँस्य टेलिशृंखला ‘हल्का रमाइलो’को कलाकार रहेका छन । दीपकले म्युजिक भिडियो निर्देशन पनि गर्छन भने इष्टुले अन्य थुप्रै म्युजिक भिडियोमा अभिनय गरेका छन ।
सुरेश थापाले निर्देशन गरेको भिडियो सागर गौतमले खिचेका छन । भिडियो अभिनायक सेरचनले सम्पादन गरेका छन् । यस भिडियोका निर्देशक सुरेश थापा पनि हाँस्य टेलिशृंखला ‘भद्रगोलका’ निर्देशक हुन ।


प्रतिक्रियाहरु

[anycomment]