विप्लव र प्रकाण्डद्वारा पुर्व सल्लाहकार निडरप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले पुर्व सल्लाहकार निडरप्रति श्रद्धाञ्जली अर्पण गरेका छन । प्रवक्ता प्रकाण्डले फेसबुकमार्फत र महासचिव विप्लवले बिज्ञप्ति जारी गरेर पुर्व सल्लाहकार निडरप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । यस बिषयमा महासचिव विप्लवले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – ” हाम्रो पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार, बझाङ जिल्ला केदारस्यु गापा ४ सैन्सु निवासी कमरेड धनबहादुर मल्ल ‘निडर’ को यही २०७७/६/२९ गते ६७ वर्षको उमेरमा निधन भएकोमा हाम्रो पार्टी शोकमग्न भएको छ । जनयुद्धका क्रममा बझाङलगायत पश्चिम क्षेत्रमा वर्गसङ्घर्षको विकासमा महत्वपूर्ण भूमिका पूरा गर्दै एकीकृत जनक्रान्तिमा निरन्तर साथ दिनुहुने कमरेड मल्लप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोकसन्तप्त सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।”