चर्को शुल्क असुल्ने काठमाडौं मोडल स्कुल घेराउ

२०७७ आश्विन ३० गते, शुक्रबार

काठमाडौं । अभिभावकहरुले कोभिड-१९ का कारण पठनपाठन बन्द भएको अवस्थामा पनि बढी शुल्क लिएको भन्दै काठमाडौंको बुद्धनगरस्थित काठमाडौं मोडल स्कुल घेराउ गरेका छन् । उनीहरुले कोभिड-१९ का कारण पठनपाठन बन्द भएको अवस्थामा पनि चर्को शुल्क लिएको भन्दै आज बिहान विद्यालय घेराउ गरेका हुन् ।
महामारीको अवस्थामा विद्यालय पनि बाँच्नुपर्ने र अभिभावक पनि सहज अवस्थामा रहनुपर्ने गरी अनलाइन कक्षाको शुल्क निर्धारण गर्न आफूहरुले पटक-पटक आग्रह गर्दासमेत सुनुवाइ नभएको अभिभावकहरुले बताएका छन् । अभिभावकहरुले वार्षिक शुल्क तिर्न नसक्ने, अनलाइन शिक्षाको छुट्टै शुल्क निर्धारण हुनुपर्ने र विद्यालयमा अभिभावकको प्रतिनिधि हुनुपर्ने माग गरेका छन् । उनीहरुले कोभिडको अवस्थामा अनलाइन शिक्षाको शुल्क निर्धारण गरी लिनुपर्ने ठाउँमा मासिक शुल्कमै ५०० रुपैयाँ बढाएर लिएको बताएका छन् ।
सरकारले निजी लगानीका संस्थागत विद्यालयमा अनलाइन शिक्षाको शुल्क निर्धारणको जिम्मा स्थानीय तहलाई दिएको थियो । असोज दोस्रो साताभित्र शुल्क निर्धारण गरी कार्यान्वयनमा ल्याउनुपर्ने व्यवस्था गरिएपनि अहिलेसम्म अधिकांश स्थानीय सरकारले शुल्क निर्धारण गर्न सकेका छैनन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु