पछिल्लो २४ घण्टामा ५७४३ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७४३ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३१०७ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये काठमाडौंमा २३९१, ललितपुर ५४३ र भक्तपुरमा १७३जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार ९९६ छ । योसँगै हालसम्म ९९ हजार ६०५ जना निको भई डिस्चार्ज भएका छन् ।
हाल ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा २६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मुत्यु हुनेका जम्मा संख्या ७९१ पुगेको छ ।