किरणद्वारा प्रधानमन्त्री ओलीले गंभीर राष्ट्रघातको आभाष दिएको दावी

२०७७ कार्तिक ७ गते, शुक्रबार

काठमाडौं । नेपालका प्रधानमन्त्री खड्ग प्रसाद ओलीले गत कार्तिक ५ गते राती भारतको खुफिया विभाग (रिसर्च एण्ड एनालिसिस विङ्ग)का प्रमुखलाई भेट गरेको प्रति नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरणले घोर बिरोध गरेका छन। उनले देशमा फेरि अर्को गंभीर राष्ट्रघातको तयारी हुँदैछ भन्दै आम देशभक्त नेपाली जनतालाई सचेत रहन अपील गरेका छन।
यस बिषयमा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरणले जारी गरेको प्रेस–वक्तव्य यस प्रकार रहेको छ – “यही २०७७ कार्तिक ५ गते राती नेपालका प्रधानमन्त्री खड्ग प्रसाद ओलीले भारतको खुफिया विभाग (रिसर्च एण्ड एनालिसिस विङ्ग)का प्रमुखलाई प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर विभिन्न विषयमा छलफल गरेको कुराले हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण गरेको छ । यो घटनाले नेपालका प्रधानमन्त्रीलाई भारतको गुप्तचर विभागका प्रमुखको हैसियतमा गिराएर कुटनीतिक मर्यादाको मात्र होइन राष्ट्रिय स्वाभिमान समेतको खिल्ली उडाएको छ । त्यसमाथि भारतीय विस्तारवादी अतिक्रमणले सीमा नाघेको बेला नेपालका प्रधानमन्त्रीले भारतको एकजना गुप्तचरलाई एकान्तमा भेटने र त्यसको महिमामण्डन गर्ने कामले देशमा फेरि अर्को गंभीर राष्ट्रघातको तयारी हुँदैछ भन्ने आभाष दिन्छ । हाम्रो पार्टी यसको घोर बिरोध र तीव्र भत्र्सना गर्दै आम देशभक्त नेपाली जनतालाई सचेत रहन अपील गर्दछ ।”

प्रतिक्रियाहरु

[anycomment]