प्रतीक र विज्ञानलाई तत्काल रिहा नगरे ठूलो मूल्य चुकाउनुपर्ने !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मेची-कोसी ब्युरोले विज्ञप्ति जारी गरी पार्टी कामको सिलसिलामा रहेका ब्युरो सदस्य काशीराम घिमिरे ‘प्रतीक’ र पार्टी सदस्य विज्ञान राईलाई अपहरण शैलीमा गिरफ्तार गरी जनतालाई समेत आतङ्कित पारेको भन्दै गिरफ्तार व्यक्तिहरूलाई रिहा नगरिए सरकारले ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी मेची-कोसी ब्युरो ब्युरो झ्न्चार्ज प्रतापले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “हाम्रो पार्टीका ब्यूरो सदस्य काशीराम घिमिरे प्रतीक र पार्टी सदस्य विज्ञान राईलाई केपी – वादल नेतृत्वको सामाजिक फासीवादी सरकारको ठाडो आदेशमा २०७७/०७/१२ गते मोरङ जिल्ला मिक्लाजुङ्ग गाउँपालिका वडा नं.१ मा शान्तिपूर्णढगले पार्टी काममा रहेका बेला अपहरण शैलीमा पक्राउ गरिएको र जनताको घरमा भएका लत्ताकपडा तथा खाद्यान्नका सामानसमेत जलाएर नष्ट गराई जनतालाई आतंकित बनाएको घटनाप्रति घोर भर्त्सना गर्दछौं।
पक्राउ गरिएका हाम्रा जिम्मेवार कार्यकर्तालाई स-सम्मान रिहाइको माग गर्दछौं। अन्यथा सामाजिक फासिवादी दलाल सरकार र उसका मतियारहरुले महँगो मूल्य चुकाउनु पर्ने कुरा यसै विज्ञप्ति मार्फत जानकारी गराउदछौं।”
