युवा संगठनद्वारा केन्द्रीय सदस्य प्रविनलाई तत्काल रिहा गर्न माग

काठमाडौं । युवा संगठन नेपालका केन्द्रीय सदस्य प्रविनलाई कैलालीको धनगढीबाट यहीँ कार्तिक १५ गते गिरफ्तार गरि अज्ञात बनाएकोप्रति उक्त युवा संगठन नेपालले घोर भत्र्सना गर्दै तत्काल सार्वजनिक गरि निसर्त रिहाइको माग गरेको छ । युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटनले एक प्रेस विज्ञप्ति जारी गरि विभिन्न कुकृतिका विरुद्ध अहाेरात्र जनताको बिचमा भण्डाफोर गर्दै आइरहेको अवस्थामा संगठनका केन्द्रिय सदस्य प्रबिनलाई अज्ञात बनाएकोप्रति घोर भत्र्सना गर्दै तत्काल सार्बजनिक गरि निसर्त रिहाइ गर्न माग गरेका छन ।
कोरोना महामारीलाई अवसरको रुपमा लिदै सत्ता भित्र र बाहिरका दलालहरुले व्यापक भ्रष्टाचार, कालोबजारी र कमिसनको चलखेललाई तिब्रतामा बढाइरहेका छन् भन्दै विज्ञप्तिमा लेखिएको छ -‘सामान्यतया जनताप्रति हुने उत्तरदायित्व पनि निभाउन नसकेका केपी सरकार जवाफ हिनताको पराकाष्ठमा पुगिसकेको आफ्नो असफलतालाई ढाकछोप गर्न देशैभरी नेता, कार्यकर्ता ब्यापक धरपकड, गिरफ्तार गरिरहेकाे छ ।’ संकटकालको झल्को दिनेगरी देशैभरी व्यापक धरपकड, गिरफ्तारी र गाउँ अप्रेसन गर्ने यस प्रकारका दमनले देशलाई जबर्जस्त युद्धमा धकेल्ने निश्चित प्राय छ भन्दै यसको पुर्ण जिम्मेवार सरकार हुने विज्ञप्तिमा चेतावनी दिइएको छ ।
विज्ञप्तिकाे पूरा पाठ यसप्रकार छ –
आज सारा विश्वका साथै नेपाल पनि कोरोना महामारीसंग जुढिरहेको छ । यसलाई अवसरको रुपमा लिदै सत्ता भित्र र बाहिरका दलालहरुले व्यापक भ्रष्टाचार, कालोबजारी र कमिसनको चलखेललाई तिब्रतामा बढाइरहेका छन् । एकातिर गरिखाने वर्ग रोग भन्दा पनि भोकले मर्ने अवस्थामा पुगि सकेका छन् भने अर्कोतिर केन्द्रदेखि गाउँसम्मका दलालहरु अकुत सम्पतिका मालिक भैसकेका छन् । जनतालाई लुट्नु, ढाटछल गर्नु, भ्रष्टाचार गर्नु र कथित राष्ट्रबादका नारामा राष्ट्रघात गर्नु यो सरकारको मुख्य चरीत्र रहेको छ । सामान्यतया जनताप्रती हुने उत्तरदायित्व पनि यसले निभाउन सकेन र केपि सरकार जवाफ हिनताको पराकाष्ठमा पुगिसकेको छ । आपत बिपतमा जनताले पाउनु पर्ने र गर्नु पर्ने दायित्वबाट पन्छिएको छ । जनताका समस्याहरु हल गर्ने भन्दा पनि भ्रष्टाचारीको संरक्षण र कुर्सिको खेलमा लिप्त भएको छ ।
यी यावत प्रकारका कुकृतिका बिरुद्ध हाम्रो संगठन अवरात्र जनताको बिचमा भण्डाफोर गर्दै आइरहेको छ ।यही सिलसिलामा हाम्रो संगठनका केन्द्रिय सदस्य क. प्रबिनलाई कैलालीको धनगढीबाट २०७७ कार्तिक १५ गते गिरफ्तार गरि अज्ञात बनाएकोप्रती संगठन घोर भत्र्सना गर्दछ । साथै तत्काल सार्बजनिक गरि निसर्त रिहाईको माग गर्दछ ।
आफ्नो असफलतालाई ढाकछोप गर्न देशैभरी हाम्रा नेता, कार्यकर्ता तथा जनता माथी ब्यापक धरपकड, गिरफ्तारीका साथै संकटकालको झल्को दिनेगरी गाउँ अप्रेसन गरि जनताको ध्यान अनेत्र मोड्न खोज्नुले सरकार पुर्ण रुपमा असफल भएको पुष्टि हुन्छ । तसर्थ कथित दलाल सरकार जनताका आवाजहरुलाई कुल्चिदै दमनको बाटो अबलम्बन गरि आफ्नो लुटको सत्ता बचाउने कुचेस्टा गरि रहेको छ । यस प्रकारका दमनले देशलाई जबर्जस्त युद्धमा धकेल्ने निस्चित प्राय छ भने यसको पुर्ण जिम्मेवार केपि सरकार हुनेछ ।