आठ बिद्यार्थी संगठनद्वारा भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमणको बिरोध

२०७७ कार्तिक १९ गते, बुधबार


काठमाण्डौ । आठ बिद्यार्थी संगठनले भारतीय सेनाध्यक्ष नरवणेको आजको नेपाल भ्रमणले नेपालका सच्चा क्रान्तिकारी कम्युनिष्ट, राष्ट्रवादी–देशभक्त युवा विद्यार्थीहरूलाई मात्रै नभएर आम नेपाली जनतालाई राष्ट्रघातको अर्को शृङ्खला थपिने कुराले चिन्तित तुल्याएको जनाएका छन ।
नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाल , समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ , अखिल (छैठौंँ)का अध्यक्ष विमल पोखरेल , अखिल (पाँचौं) का अध्यक्ष घनश्याम मिश्र , अखिल (क्रान्तिकारी)का अध्यक्ष आलोक रायमाझी , राप्रविसंघ (संयुक्त) का धनसुर शाही , अखिल नेपाल विद्यार्थी युनियनका सचिवालय सदस्य मनिष भट्टराई , राष्ट्रिय विद्यार्थी संघका उपाध्यक्ष हिमाल थापाले संयुक्त प्रेस वक्तव्य जारी गर्दै विगतमा नेपालको राष्ट्रियता, अखण्डता र सिमा सम्बन्धमा आपत्तिजनक अभिव्यक्ति दिएका व्यक्तिहरूलाई देशमा बोलाएर विभिन्न मान पदवीले विभुषित गर्नु ओली सरकारको लज्जास्पद कार्य भएको बताएका छन । उनीहरुले जारी गरेको बिज्ञप्तिमा भनिएको छ – “अहिलेको भुमण्डलीकृत विश्वमा संसारका हरेक देशहरूबीच आपसी सम्बन्ध राम्रो बनाउन निस्वार्थ प्रयत्नका भ्रमणहरूको आयोजना हुनु स्वभाविक छ, तर वीरताको गर्विलो इतिहास बोकेको हाम््रो देश नेपालमा आफ्ना विस्तारवादी÷साम्राज्यवादी नीतिहरू लाद्ने धृष्टताका साथ गरिने यस्ता भ्रमणहरूको हामी घोर विरोध एवं भत्र्सना गर्दछौं । नेपालका शासकहरूको दलाल चरित्रका कारण भारतीय शासकहरूले नेपालको करिव ७८ हजार हेक्टर जमिन मिचेको छ, नेपाली भूमि कालापानीमा सैन्य अखडा स्थापना गरेको छ, भने लिम्पीयाधुरा र लिपुलेक कब्जा गरेको छ । मिचिएको नेपाली भुभाग तत्काल फिर्ता गर्न र कालापानी क्षेत्रबाट आफ्नो सेना तत्काल फिर्ता लैजान संयुक्त विद्यार्थी आन्दोलन भारतीय शासकहरूसँग जोडदार माग गर्दछौं । दलाली, भ्रष्टाचारी, राष्ट्रघात, नातावाद, कृपावादमा किर्तिमान कायम गरिरहेको वर्तमान ओली सरकारलाई आफ्नो देशको परराष्ट्र नीति, मूल्य, मान्यता विपरित सत्ता स्वार्थका लागि विदेशी÷भारतीय सामु कुनै पनि प्रकारको राष्ट्रघात नगर्न संयुक्त विद्यार्थी आन्दोलन सचेत गराउन चाहन्छ । आफ्नो मुलुकको राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र स्वाभिमानमा खलल पुग्ने कुनै पनि हर्कत नगर्न अन्यथा कडा भन्दा कडा संघर्ष मार्फत त्यस्ता राष्ट्रघाती कार्यका विरुद्ध शसक्त प्रतिवाद गरिने कुरा संयुक्त विद्यार्थी आन्दोलनको तर्फबाट स्पष्ट पार्न चाहन्छौं

प्रतिक्रियाहरु

[anycomment]