नेकपाद्वारा देशभर विरोध प्रदर्शन

२०७७ कार्तिक २१ गते, शुक्रबार


काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी र सो पार्टीनिकट विभिन्न जनवर्गीय संगठनले कोरोनाको प्रभावले आक्रान्त जनताको स्वास्थ्य जाँच र उपचारको निशुल्क व्यवस्थाको माग र राष्ट्रियताकाे रक्षा र जनतन्त्र जनजीविकाका लागि आज पनि देशभर विरोध प्रदर्शन गरेका छन् ।
दाङ, सल्यान, कास्की, पाल्पा, काठमाडौं, कालिकोट, लगायत देशभरका जिल्लामा विरोध प्रदर्शन तथा जुलुस सम्पन्न भएका छन् । यसैक्रममा अखिल (क्रान्तिकारी) दाङले भारतीय साम्राज्यवादको हस्तक्षेप र सरकारको नालायकपन विरुद्ध अाज विरोध प्रदर्शन कार्यक्रम गरेको छ ।
कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रबाट भारतीय सेना -फिर्ता गर!,
भारतीय सेना प्रमुखलाई दिइने मानार्थ सेनापति -खारेज गर!, भारतीय साम्राज्यवाद -मुर्दावाद!,
आम नागरिकलाई निशुल्क स्वास्थ्य जाच र उपचारको व्यवस्था गर!, कोरोना महामारीको नाममा भ्रष्टाचार र व्यापारीकरण – बन्द गर! लगायतका चर्का नाराहरु लगाउदै विद्यार्थीहरू सडकमा प्रदर्शन गरेका छन् ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टी कास्कीले पनि पोखरा महानगरपालिकामा बिरोध जुलुस सम्पन्न गरेको छ । देशव्यापी रुपमा थालिएको आन्दोलनका क्रममा पोखरामा आयोजित बिरोध जुलुस पोखराको चाउथेदेखि नहर चोकसम्मको मुख्य सडकमा बाईक र्यालि साथै पर्चा बितरण समेत गरेको थियो ।
कोरोनाको प्रभावले आक्रान्त जनतलाई राहत पु¥याउन लाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम् दायित्वबाट समेत पन्छिने र उल्टै महामारीको संकटमा पैसा कमाउने, भ्रष्टाचार गर्ने र धन कुम्ल्याउने माध्यमका रुपमा दुरुपयोग भईरहेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देशव्यापी आन्दोलनको घोषणा गरेका हुन् ।
देशव्यापी घोषित कार्यक्रम अनुसार नेकपा कास्कीले कार्तिक१५ गते कोणसभा, १७ गते पर्चा वितरण गरेको थियो भने आज २० गते विरोधजुलुस निकालीएको कास्की जिल्ला सेक्रेटरी विस्वासले बताए ।
यता , नेपाल कम्युनिस्ट पार्टी सल्यानले केन्द्रिय कार्यक्रम अनुसार जिल्लाका विभिन्न ठाउँहरुमा बिरोध जुलुस सम्पन्न गरेको छ । बिरोध जुलुसकै क्रममा जिल्लाको शारदा नगरपालीका स्थित बरला बजारमा स्थानीय पार्टी कार्यकरताको सहभागितामा विभिन्न नाराबाजी लगाउदै बिरोध प्रर्दशन गरेका छ्न् । राज्यले कोरोना महामारीको निशुल्क परिक्षण तथा उचार गर्नु पर्ने, कोराेनाको नाममा भएको भ्रष्टाचार बन्द गर्नु पर्ने, कालापानीबाट भारतिय सेना फिर्ता लिनु पर्ने मागसहित चर्को रुपमा नारावाजी गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]