जनस्वास्थ्यकर्मी महासंघद्वारा मेडिकल माफियाहरूलाई चेतावनी

काठमाडौँ । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले सो सङ्गठनका महासचिव डा. प्रकाश चन्दले स्वास्थ्य माफिया र स्वास्थ्य भ्रष्टाचार नाइके र कर्तुतका विषयमा विभिन्न सङ्घर्ष गरेका र माफियाको नाम किटान गरेको विषयलाई लिएर झापा वीएन्डसी अस्पतालका मालिक, अझ भन्दा प्रचण्ड र केपी बलिलाई मार्सी चामलको भात खुवाएर व्यक्तिगत लाभ लिएका दुर्गा प्रसाईंले विभिन्न तुच्छ र धम्कीपूर्ण म्यासेज गरेपछि फोनमा विभिन्न घिनलाग्दा अश्वील शब्द, गालीगलौज र धम्कीपूर्ण कुरा गरेको आडियो फोन टेपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लबको नामलाई वुवाका रूपमा जोडेर बारम्बार धम्कि र आरोप लगाएको कुरा निकै निन्दनीय भएको जनाएको छ । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष टीकाप्रसाद कंडेलले बिज्ञप्ति जारी गर्दै सो कुरा जनाएका हुन्। अध्यक्ष कंडेलद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ” भ्रष्टाचारका विरुद्ध डा. प्रकाशलगायत सम्पूर्ण युवा विद्यार्थी अभियन्ता र बुद्धिजीवीहरूले चलाएको आन्दोलन र सडघर्षवाट अत्तालिएका मेडिकल माफियाहरू यो हदसम्म गिर्नु कुनै आश्चर्यको विषय नभए पनि पैसा र राजनीतिक शक्तिको आडमा गुन्डाराज चलाइरहेका यस्ता बेलगाम भ्रष्ट माफियालाई राज्यले कडाभन्दा कडा कारवाही गरोस् । अन्यथा भ्रष्ट माफियालाई कानुनअनुरूप युवा र जनताले लगाम लगाउनेछन् र यसको नेतृत्व र सञ्चालन हाम्रो गौरवशाली सङ्घगठनले गर्नेछ । साथै हाम्रो सङ्गठन चेतावनी दिन चाहन्छ- सही समय र परिस्थितिमा भ्रष्ट माफियाले आफ्नो गुण्डागर्दी र भ्रष्ट कर्तुतको निकै महँगो र डरलाग्दो मूल्य चुकाउनु पर्नेछ। “
