मातृकाले च्याते मतपत्र
धनुषा, ४ मंसिर । नेकपा (माओवादी)का संयोजक मातृका यादवले मतपत्र च्यातेका छन् । निर्वाचन बहिष्कार गरेको भन्दै धनुषा क्षेत्र नं ५ स्थित सबैलाको मतदान केन्द्रमा उनले आफ्नो मतपत्र च्यातेका हुन् ।यादवले निर्वाचन अधिकृत, सुरक्षाकर्मी, पर्यवेक्षक, सञ्चारकर्मी तथा मतदाताहरुकै अगाडि मतपत्र च्यातेका हुन् । आफू र आफ्नो पार्टीले निर्वाचन बहिष्कार गरेको जनाउँदै उनले आफ्नो मत अरु कसैले हाल्ने सम्भावना भएकोले आफै आएर च्यातेको यादवले बताए । उनले यो निर्वाचन स्वतन्त्र रुपमा नभई विदेशी इशारामा भएको दावी गर्दै यसले परिवर्तन दिन नसक्ने जिकिर गरे ।