नक्कली नोटसहित तीन जना पक्राउ

काठमाडौं । इलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी गोलबजारको संयुक्त टोलीले सिरहाको गोलबजार लामाटोलबाट सातलाख नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका १२ वेतौनाका धिरज यादव, सञ्जय राय र कल्याणपुरका विमलेन्द्र नायक छन् । उनीहरु गोलबजार नगरपालिका ६ को लामाटोलका वीरेन्द्र महतोको घरमा भाडामा बस्दै आएका थिए । प्रहरीले उनीहरुको कोठाबाट ३ थान मोबाइल, १ थान ल्यापटप, १ थान कलर प्रिन्टर र कागज काट्न प्रयोग गरिने चक्कुसमेत बरामद गरेको छ ।