अमेरिकाद्वारा एक सय थान भेन्टिलेटर सहयोग

२०७७ कार्तिक २८ गते, शुक्रबार

काठमाडौं । कोभिड १९–विरुद्धको उपचारमा प्रयोग गर्न अमेरिकाले नेपाललाई एक सय थान भेन्टिलेटर प्रदान गरेको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसआईडी) मार्फत नेपाललाई प्रदान गरिएको उक्त भेन्टिलेटर नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन् । भेन्टिलेटर हस्तान्तरणपछि राजदूत बेरीले अति दुर्गम क्षेत्रका समुदायको उपचारमा समेत भेन्टिलेटरले सहयोग पुर्‍याउने आशा व्यक्त गरे । ७० वर्षभन्दा लामो समयदेखि विपद्, द्वन्द्व र कठिन अवस्थामा अमेरिकाले नेपाललाई सहयोग गर्दै आएको भन्दै उनले सहकार्य निरन्तर रहने बचन दिए ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिडविरुद्धको मोर्चामा अमेरिकाले दिएको साथको प्रशंशा गर्दै ठूलो संख्यामा भेन्टिलेटर सहयोग गरेकोप्रति धन्यवाद दिए । भेन्टिलेटर सातै प्रदेशमा सात/सात वटाका दरले पठाइने र बाँकी भेन्टिलेटर हरेक सरकारी अस्पतालमा दुई/दुई वटाका दरले वितरण गरिने ढकालले जानकारी दिए । भेन्टिलेटरका सहयोगअतिरिक्त यूएसआईडीले देशका एक सय १३ पालिकामा संक्रमण अनुसन्धान टोलीलाई सहयोग गरेको जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]