फोहोरमैला संकलन केन्द्रमा भीषण आगलागी

२०७७ कार्तिक २८ गते, शुक्रबार


काठमाडौ । ललितपुर महानगरपालिका बडा नम्बर आठ बालकुमारीस्थित फोहोरमैला संकलन केन्द्रमा भीषण आगलागी भएको छ । आज दिउसो १२ बजेतिर फोहोर मैला संकलन केन्द्रमा एक्कासी आगलागी भएको हो । ललितपुर महानगरपालिकाका तीनवटा बारुणयन्त्र, पानीको ट्याङकर, सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणको प्रयास जारी राखेका छन । आगलागीको कारण खुलेको छैन । आगलागीवाट फोहोर मैला संकलन केन्द्रमा रहेका सम्पुर्ण सामाग्री जलेर नष्ट भएका छन । आगलागीवाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन । फोहोरको थुप्रोवाट आगो सल्किएको हुनसक्ने अनुमान गरिरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु