गर्भनर्स सम्मेलन जारी

२०७० मंसिर ७ गते, शुक्रबार


काठमाडौं, ७ मंसिर –दक्षिण पूर्व एसियाली केन्द्रीय बैंक संगठन (सिसन)को ४९ औं सम्मेलन आज पनि जारी छ ।हिजो राजधानीमा राष्ट्रपति रामवरण यादवले उद्घाटन गर्नुभएको गर्भनर्स सम्मेलनमा वित्तीय पहुँच ग्रामीणस्तरमा पु¥याउन जोड दिइएको थियो । वित्तीय क्षेत्रलाई स्थिर, समावेशी तथा आर्थिक वृद्धि मैत्री बनाउन अस्थिर विनिमय दरका साथै आन्तरिक अर्थतन्त्रको अनिश्चितता थप चुनौतीका रुपमा देखा परेको समेत सरोकारवालाहरुले बताएका थिए ।
सिसनका अध्यक्ष बैक अफ मंगोलियाका गर्भनर नाइदनसरेन जोलजालागलले वित्तीय समावेशितामा केन्द्रीय बैंकले पहल राख्नुपर्ने र सेवाको आपूर्ति सँगै मागलाई बढाउनुपर्ने भनाई राख्नुभएको थियो ।६ दिनसम्म चल्ने सम्मेलनमा नेपाल, भारत, फिलिपिन्स, थाइल्यान्ड, सिंगापुर, श्रीलंका, मलेसिया, इन्डोनेसियालगायत १९ मुलुकका गर्भनर्सहरु सहभागी छन् ।

प्रतिक्रियाहरु

[anycomment]