प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल

२०७७ मंसिर ७ गते, आईतवार

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीसँग सामूहिक छलफल गरेका हुन् । सत्तारुढ नेकपाविच विवाद चुलिएको समयमा प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखसँग परामर्श गरेका हुन । प्रधानमन्त्री सचिवालयले भेटलाई पछिल्ला सुरक्षा अवस्थाबारे छलफल गर्ने नियमित भेटवार्ता भनेको छ । ओलीलाई भेटे लगत्तै चार वटै सुरक्षा निकायका प्रमुखले गृहमन्त्री रामबहादुर थापासँग पनि सिंहदरबारमा छलफल गरेका छन । गृह मन्त्रालयले मुलुकको शान्ति सुरक्षाको अवस्थाको बारेमा सुरक्षा प्रमुखसँग नियमित भेट भएको जनाएको छ । सत्तारूढ दलभित्र विवाद बढेको समयमा प्रधानमन्त्री ओली र गृहमन्त्रीले एकैदिन भेटनुलाई अर्थपुर्ण रुपमा लिइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु