खोइ नेतृत्वमा गाम्भीयता र धैयता ? – छत्रबहादुर मैनाली
गत मंसिर ४ गते संबिधानसभा भाग २ को निर्वाचनपश्चात आएको मत परिणामलाई एकीकृत नेकपा माओवादी पार्टीी स्वीकार गरेको छैन । उत्पन्न पछिल्लो परिस्थितिले अनेकन शंका, उपशंका पैदा गरेको छ । राष्ट्रिय, अन्तर्रााट्रय पर्यवेक्षकसहितको प्रत्यक्ष निगरानीमा सम्पन्न निर्वाचनमा धाँधली भयो भनेर परिणामलाई अस्वीकार गर्ने, ७५ जिल्लाबाट आफ्ना प्रतिनिधि फिर्ता बोलाउनु, निर्वाचनमा धाँधली भएको भनेर प्रेस बिज्ञप्ति जारी गर्ने, परिणाम पार्टीीबपरित आउन थाले पछि धाँधली भयो भन्नु पूव पार्टी पर्याप्त आन्तरिक मूल्यांकन गरेको थियो कि थिएन – किन त्यति छिट्टै प्रतिक्रियामा उत्रिनुपर्ने बाध्यता सिर्जना भयो – सलाई दन्के जस्तो हृवार-हृवार दन्किएर घटनालाई सूक्ष्म रूपले अध्ययन नै नगरी प्रतिक्रियामा उत्रनुपर्ने परिस्थिति किन सिर्जना भयो – जनमत र जनविश्वास पार्टर्ीीति इमानदार र बफादार थिए भन्ने लागेको भए केही समय पर्खेर परिस्थितिलाई बुझने कोसिस गर्नुपथ्र्यो । प्रारम्भिक परिणामलाई लिएर पर्याप्त अध्यन अनुसन्धान नै नगरी मत गणना प्रक्रियाबाट बाहिरिने निर्ण्र्ााे पार्टीीई विश्वास गरेर मतदान गर्नेहरूको ठाडै अपमान भएको छ । हारेकै परिणामको मत पनि जनताले विश्वासका साथ दिएको अभिमत हो । जनमतको कदर न हिजो भएको थियो न आज नै भयो । घटनाक्रमले यही सावित गरेको छ । केही घण्टाको फरकमा बधाई पनि दिन सक्ने केही घण्टाको अन्तरालमा जनमतकै अपमान हुने निर्ण्र्ाालिन सक्नु भनेको नेतृत्वमा गाम्भीयता, धर्ैयताको कमी प्रष्टै देखियो । देश, काल, परिस्थितिलाई मध्यनजर गर्दै जस्तोसुकै परिस्थितिमा गम्भीर बनेर धैयसाथ विषयको वास्तविक सतहमा पुगेर अनुभव बटुल्न सक्ने अवसर गुमेको छ । एक माघले जाडो सकिँदैन भन्ने सामान्य ज्ञानको समेत कमी देखियो । हुन त एकीकृत नेकपा-माओवादी पार्टीीभत्र केको नै कमी छ । कलाकार, विद्वान्, खेलाडी, डाक्टर, इन्जिनियर, प्राध्यापक, लेखक सबै त्यही भित्र छन् । धुरन्धर वामपन्थी लेखक खगेन्द्र सँग्रौला जस्ता आफूलाई त्रिकालदर्शी ठान्ने लेखकले समेत सकेको गुनगान गाएर आफ्नो धर्म निभाउँदासमेत यस्तो परिणाम आउनु पक्कै सहृय विषय भने होइन । हिमालमा प्रचण्ड, पहाडमा प्रचण्ड, तर्राईमा प्रचण्ड, देशै प्रचण्डमय भएको देख्ने खगेन्द्रका ती पावरवाला चश्माहरू दोषी ठहरिए । कसै-कसैले तिनलाई नयाँ उपनाम दिएको पनि देखियो झवाँके खगेन्द्र भनेर, त्यति ठूलो बौद्धिक क्षमताका धनी, नेपालीजनको जनज्रि्रोमा भिजेका लेखकलाई यस्तो उपमा दिनु कति शोभनीय छ – किन यस्तो उपनामले सुशोभित हुँदैछन बुझन सारो कठिन छ । सामाजिक सञ्जालमा तिनका त्रिकालदर्शी चश्माको वर्ण्रागर्नेहरू प्रशस्तै थिए कतै बढी नै गुनगान गर्दाको परिणाम त होइन, वर्तमान परिणाम – कलाकार रेखा थापासँगको कम्मर मर्काईदेखि उर्मिला अर्याल प्रवेससम्म अनगिन्ती तमाशाहरू देखिएकै हो, पार्टीी्रवेश गर्ने र गराउनेहरूको होडबाजी खगेन्द्रजीहरूको पावरवाला चश्माले के देख्यो होला – त्यति तमाशा जनताले देखे, कति सस्तो, सरल बनेको थियो । पार्टीी्रवेस र पार्टीीाड्ने जत्थाहरूको, यति सजिलै पार्टर्ीी आफ्नो नाम स्थापित हुने भएपछि भोलिका दिनमा यस्ता तमाशा निरन्तर चलिनै रहन्छ । एउटा मोटरसाइकलको चालक अनुमति प्रमाणपत्र लिन समेत निश्चित मापदण्ड पूरा गरे पछि मात्र योग्य भइन्छ तब मात्र सडकमा सवारी कुदाउन बैध भइन्छ तर यहाँ ठूला-ठूला नामधारी पार्टी आफ्नो ट्रेडमार्क वितरण गर्नै आफूलाई बलशाली ठान्न थालेपछि पार्टी लागि र्समर्पण भएका अपाङ्ग-साङ्गलगायतले अवसरको ढोका खुला भनेर नचिताए बेस हुन्छ । जनयुद्धकालमा आफ्नो केही नभनी ज्यानको बाजी लगाएर लडेर आएका स्वच्छ इमानदार, राष्ट्रवादीहरूलाई क्रमशः छायामा पारेर पार्टीी तिनका भविष्यमाथि खेलवाड गरेको चाहि खगेन्द्र चश्माले देखेनछ । त्यस्ता दृश्यलाई सहजै डिलेट गर्नसक्ने नवआधुनिक चश्माको बयान गरेर साध्य छैन । अनि नवआगन्तुक गाउँ डुलुवा भतुवा कुकुर जस्ता कहिले कता, कहिले कता भइरहनेहरूलाई सिन्दुर जात्रा गरेर दुलही भित्र्याएको चाहिँ खगेन्द्र रूपी चश्माले देख्दोरहेछ । त्यस्ता उत्सवमा ठूलै शान, मानका साथ उपस्थिति जनाउनु तिनको परम् धर्म पनि हो । प्रकृतिको नियम बडो अचम्मको छ । निमेसमा देख्ने निमेषमा नदेख्ने कतै खगेन्द्र रूपी चश्माको शिरोपर गर्दाको परिणाम त होइन, वर्तमान परिणाम – अरुलाई गलत देख्नु पूव कहिले आफ्नो समीक्षा गरेको इतिहास छ – मिनेट-मिनेटमा विचार र भावनामा परिवर्तन ल्याएर मुलुकले कदापि राजनीतिक स्थायित्व ग्रहण गर्ने छैन झन् अन्यौलता, अन्धकार बढ्दै जानेछ । जसले बचेखुचेको जनविश्वास पनि बिस्तारै गुम्ने खतरा उत्पन्न हुन्छ । २०६२,६३ सालमा शान्तिप्रक्रियामा सहभागीपश्चात् एकीकृत नेकपा माओवादी पार्टीीई नेपाली जनताले शीष्ास्थानमा विराजमान गराएका हुन् । नेपाली जनताले अगाध विश्वास र मायाले दिएको अभिमतलाई विविध बहानाबाजीमा दुरूपयोग सिवाय केही उपलब्धि हासिल हुन सकेन । नेपाली जनताको स्वच्छ भावनाले दिएको मतलाई एकीकृत नेकपा माओवादीलगायतका तत्कालिन संविधानसभामा सहभागी दलहरूले हुमत लिने काम गरे, जनमतको अबहेलना गरे, जनमतलाई लत्याएर केवल दलगत स्वार्थमा चर्ुर्लुम्म डुब्दाको परिणाम पार्टीीबभाजनदेखि पटक-पटक संविधानसभाको म्याद थपेर राज्यको ढुकुटी कमजोर पार्नेलगायत अन्त्यमा केही सीप नचले पछि संविधानसभाको हत्या गरेर पानीमाथिको ओभानो बन्ने घीनलाग्दो खेलमा सरिक बने । जब संविधानसभाको हत्या भयो, कसैले पनि नैतिक जिम्मेवारी लिने चेष्टा गरेनन् । केवल एकले अर्कालाई दोषारोपण गरेर विषयलाई छायामा पार्ने काम गरे । यही घटनालाई नेपाली जनताले राम्ररी मूल्यांकन गर्दै आएका थिए । को पानी मुनि को माथि भनेर । नेपाललाई सिङ्गापुर, स्वीजरल्याण्ड जे-जे बनाउँछौँ भनेर खोक्रो आश्वासन बाँडे पनि होला ता नि भनेर विश्वासमा परे । इतिहासको हरेक कालखण्डमा भएका राजनीतिक परिवर्तन सँगसँगै नेपाली जनता सधैँ ठगिँदै आएको र्सवबिदितै थियो, अबचाहिँ ठगिनबाट जोगिन्छ होला भनेर विश्वासमा पर्यो, झन् बढी ठगिने भए ठगिन थालेको अनुभव गर्न थाले । ठगिनेको पनि सीमा हुन्छ । अहिले नेपाली समाज राजनीतिक ठगहरूबाट आजित बनेको छ । तिनका झुठा आश्वासनले कान पाकी सकेको छ । देश र जनताप्रति गरेका प्रतिबद्धता पूरा गर्न परै जाओस् आफूले गरेका प्रतिबद्धता स्मरण गर्नसमेत चाहँदैनन् । जनताको मनोभावनासँग खेल्ने काम भएको छ । जनमतलाई लत्याउने काम भएको छ । जनता जनार्द भन्ने तर जनताप्रति अपमान गर्ने गरेकै कारण मुलुकमा अस्थिरताको जड गडेर बसेको छ । बास्तवमा भन्नु पर्दा राजनीतिक दलका नेताहरू ताजा जनादेशमा जान नपरे हुन्थ्यो भन्ने मनासिकतामा बिगतदेखि रहेको देखिन्छ । यस्तै अस्थिरतासँगसँगै राजनीतिक सत्ता स्थापना गरेर आयु लम्ब्याउन चाहन्छन् । ताजा जनादेशमा जाना साथ आफ्नो अस्तित्व गुम्ने डर प्रायः सबैमा रहेको छ । यदि वास्तविक अस्थिरता नचाहने, मुलुकलाई समृद्धिको पथमा लाने अठोट गर्ने हो भने मिनेट भरमा सहमति, सहकार्य भएर नयाँ युगमा मुलुक प्रवेश गर्नेछ अनि तिनले भने जस्तो सिङ्गापुर, स्वीजरल्याण्ड सहजै बन्ने आधार निर्माण हुन्छ । समयको रफ्तारसँगसँगै अनेकन राजनीतिक घटना घटी रहे इतिहासमै पहिलो पटक दलीय सरकार छँदाछँदै गैरदलीय व्यक्तिको नेतृत्वमा सत्ता हस्तान्तरण गर्ने सहमति बनेर सर्वोच्च अदालतका सम्माननीय प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकारको आवरण दिएर सरकार गठन भयो । लोकतान्त्रिक बाटोको सुनिश्चतताको निम्ति आमनागरिक, विश्व समुदायलाई विश्वस्त पार्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै संविधानसभा भाग २ को निर्वाचन गराउने र्सतनामासहित चुनौती र अवसरको बीचबाट उठेर वर्तमान खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएकै मितिमा छिटपुट घटनाबाहेक शान्तिपूण् रूपमा निर्वाचन सम्पन्न गरेको छ । दलहरूले दिएको जिम्मेवारी पूरा गरेको छ । अब मुलुक कुन दिशामा अघि बढ्छ भन्ने आमकौतुहलको विषय बनेको छ, धैयता गरौँ ।