बाइडेनद्वारा ह्वाइट हाउसको सञ्चार तथा प्रेस हेर्न टिमको घोषणा

२०७७ मंसिर १५ गते, सोमबार


काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले ह्वाइट हाउसको सञ्चार तथा प्रेस हेर्न टिमको घोषणा गरेका छन् । उनले सबै महिलाहरु रहेको टिम घोषणा गरेका हुन । टिमको नेतृत्व बाइडेनको चुनावी अभियानकी निमित्त कम्युनिकेशन निर्देशक केट बेडिङ्गफिल्डले गर्ने भएकी छिन । ह्वाइट हाउस प्रवक्ताको रुपमा जेन साकीलाई नियुक्त गरिएको छ । उनी बाराक ओबामा प्रशासनमा ह्वाइट हाउसको सञ्चार निर्देशक थिइन । उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारीका दुई शीर्ष प्रेस सल्लाहकारमा सिमोन सान्डर्स र एश्ली एटिएन नियुक्त भएका छन । बाइडेनले सम्पूर्ण महिलासहितको पहिलो ह्वाइट हाउस कम्युनिकेशन टिम घोषणा गर्न पाउँदा गर्व लागेको बताएका छन । योग्य र अनुभवी सञ्चारविज्ञहरुले काममा विविधता ल्याउने र यो देशलाई पुनः राम्रो तथा उत्कृष्ट मार्गमा ल्याउने उनको भनाइ छ । यसअघि बाइडेनले केही मन्त्रीहरुको पनि घोषणा गरिसकेका छन । बाइडेनले जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिने छन् । यसैबिच बाइडेन आफ्नो कुकुरसँग खेल्ने क्रममा लडेर सामान्य चोटग्रस्त भएका छन् । उनको गोडामा चोट लागेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]