नक्कली नोट छाप्ने मेसिनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महेन्द्रनगरबाट नक्कली नोट छाप्न प्रयोग गरिने मेसिनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको बरेली घर भइ हाल भीमदत्त नगरपालिका जानकी टोलमा डेरा गरी बस्दै आएका भारतीय नागरिक अनुप शर्मालाई प्रहरीले नक्कली नोट छाप्न प्रयोग गरिने प्रिन्टर र ल्यापटपसहित पक्राउ गरेको हो । नक्कली नोट छाप्न प्रयोग गरिने प्रिन्टर एक थान, ल्यापटप एक थान, एक हजारका नेपाली नक्कली नोट तथा त्यसमा प्रयोग गरिने कागजहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।