कांग्रेसद्वारा सरकारविरुद्ध २९ मंसिरमा देशभर प्रदर्शन गर्ने उदघोष

२०७७ मंसिर २० गते, शनिबार


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले निरंकुश प्रवृति देखाएको भन्दै मंसिर २९ गते देशभर प्रदर्शन गर्ने उदघोष गरेको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले ७७ वटै जिल्लामा एकैसाथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको बताए। उनले सरकारले अधिनायकवादी प्रवृति देखाइराखेको र देशमा दमन र बेथितिको अवस्था रहेको बताए। त्यसबाहेक कोभिड १९ अव्यवस्थापनमा चरम सीमा नाघेको र भ्रष्टाचारलाई संरक्षण गरेकोले त्यसको विरोधमा प्रदर्शन गर्न लागिएको बताए।
यस्तै, संसदको तत्काल बैठक बोलाउनसमेत माग गरिएको सहमहामन्त्री महतले बताए। सरकारले लोकतान्त्रिक संस्थाहरुलाई कमजोर पार्ने प्रयास गरिरहेको उनले बताए। कोभिडको अव्यवस्थापन, भ्रष्टाचार, दमनकारी प्रवृति लगायतका विषमा तत्काल छलफल गर्न आवश्यक रहेकाले पनि संसद बैठक माग गरिएको स्पष्ट पारेका छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु