नेकपा कालिकोटद्वारा राजनीतिक एवं वैचारिक कार्यमा तिब्रता

२०७७ मंसिर २० गते, शनिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले राजनीतिक एवम् वैचारिक कामलाई तिब्रता दिएको छ । यसै क्रममा एरिया नम्बर ४, एरिया नम्बर २ को राजनीतिक वैचारिक कार्यकम सम्पन्न भएको छ । एरिया नम्बर ४ मा भएको कार्यक्रम एरिया इन्चार्ज दिलमानको सभापतित्व जिल्ला सेक्रेटरी रणदिपको प्रमुख अातिथ्यता, जिल्ला सदस्यहरु चंचल, तखत, लोचन लगायतको अातिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा बदालकोट, नानिकोट र राम्नाकोटका पार्टी सदस्यको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा बोल्दै सेक्रेटरी रणदिपले एकीकृत जनक्रान्तिको कार्यदिशा सफल बन्दै गएको सबै कम्युनिष्टको कार्यदिशा बन्नेमा विश्वास व्यक्त गर्दै वर्तमान सरकार र ब्यबस्था पुरै असफल भएकाले यस्को विकल्प वैज्ञानिक समाजवाद बाहेक अर्को विकल्प नरहेको ठोकुवा गरे ।
यस्तै नेकपा एरिया नम्बर २ को मेहेलमुडीमा राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । एरिया ईन्चार्ज बिसाखर जैसी किरणको सभापतित्व जिल्ला ईन्चार्ज बिराटको प्रमुख अातिथ्यता, अार्थिक विभाग सदस्य निर्देशनको अातिथ्यतामा सम्पन्न भयो । बदालकोट रकु र मेहेलमुडीका पार्टी सदस्यहरुको उपस्थितीमा भएको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिराटले सबै कम्युनिष्टहरु एक ठाउँमा नउभिएर दलाल संसदिय ब्यवस्थाको अन्त्य नहुने ठोकुवा गरे । बानेश्वरको भवनमा कराएर समाजवाद नअाउने भन्दै जिल्ला ईन्चार्ज बिराटले भने -‘समाजवादका लागि क्रान्ति बाहेक अर्को विकल्प छैन । यसका लागि असल कम्युनिष्टहरुको एकता जरुरी छ ।
एक अर्को प्रसंङ्गमा बिराटले कथित कम्युनिष्ट सरकार असफल भए त्यस्को विकल्प कांग्रेस हुनै नसक्ने दाबी गरे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु