एन्टिजिन विधिमा कोरोना परिक्षण नगर्न विज्ञहरुको सुझाव

काठमाडौ । , विज्ञहरुले एन्टिजि विधि अहिले परिक्षणको क्रममा रहेकोले यसलार्य विश्वास नगर्न र कोरोना परिक्षणका लागि प्रयोग नगर्न सुझाव दिएका छन । कोरोना परिक्षणका लागि शुरु गरिएको एन्टिजिन विधिलाई पीसीआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने विज्ञहरुले बताएका छन् । उनीहरुले एन्टिजिन विधिबाट गलत रिपोर्ट आउन सक्ने भएकाले कोरोना भाइरस परीक्षणमा एन्टिजिनलाई पीसीआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने सुझाव दिएका छन । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)का खोप विज्ञ डा. तिर्थ घिमिरेले पीसीआरले भाइरस भित्र रहेको अणुवंशिक पदार्थलाई सजिलै चिन्ने तर एन्टिजिनले भाइरसका टुक्राटुक्रिलाई मात्रै चिन्ने विशेषता हुने भएको परिक्षणको नतिजा विश्वसनिय हुन नसक्ने बताएका छन ।
एन्टिजिन टेस्ट गर्दा कहिले काहिं कोभिड १९ संक्रमण भएकालाई नभएको र नभएकालाई भएको परिणाम दिन सक्ने खोप विज्ञ घिमिरेको भनाई छ । एन्टिजिन परीक्षण सस्तो, छिटो र सजिलो छ भन्दैमा पीसीआरको विकल्पको रुपमा प्रयोग नगर्न उनले आग्रह गरेका छन । यसैगरी त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवं माइक्रो बायोलोजिष्ट मेघराज बन्जाराले एन्टिजेन विधि परीक्षणकै क्रममा रहेकाले अहिले नै पीसीआरको विकल्पमा प्रयोग गर्न नहुने बताए । उनले यसको नतिजालाई पीसीआरको नतिजासँग तुलना गरेर यसको पर्फमेन्स पनि, सेन्सेटिभिटी, स्पेसिफिसिटी पनि विश्व स्वास्थ्य संगठनले दिएको मार्गदर्शन अनुसारको र हाम्रो देशमा परीक्षण गर्दापनि रियल टाइम पीसीआर जत्तिकै सेन्सेटीभ भयो भने यसलाई प्रयोग गर्न सकिन्ने बताए ।
सरकारले भने कोभिड–१९ संक्रमणको पहिचानका लागि भन्दै एन्टिजिनमा आधारित परीक्षणलाई प्रयोगमा ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय परीक्षण निर्देशिकालाई परिमार्जन गरी एन्टिजिनमा आधारित परीक्षणबाट कोभिड संक्रमणको पहिचान गर्ने व्यवस्था गरेसँगै काठमाडौं उपत्यकामा परीक्षण शुरु भएको हो ।