जनपरिषदद्वारा अहमदको नाममा पासबन्दकी भएको जग्गा कब्जा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी थारुवान स्वायत्त प्रदेश जिल्ला जनपरिषद कैलालिले सेखमुनिर खान अहमदको नाममा पासबन्दकी भएको जग्गा कब्जामा लिएको छ। धनगढी स्थित वडा न: ७ निवाशी भोजराज वि.क को जग्गा विभिन्न प्रलोभन देखाई अहमद मुनिरखानले पछि फिर्ता गर्ने सर्तमा ११ कट्टा १० धुर जमिन आफ्नो नाम पास गर्ने सफल भएका थिए। उक्त जग्गाको हालको मूल्य प्रती कट्टा ५० लाख देखि ७० लाख सम्म खरिद बिक्रि भईरहेको छ।
२ बर्ष पहिले जग्गा धनी भोजराज वि.क ले छोराको पढाइ खर्च र घरायसी खर्चका लागि केही रकम अहमदले वि.क लाई दिएका थिए। पछि उक्त रकमको सावा र ब्याज फिर्ता लिई जग्गा फिर्ता गर्ने खान तयार भएन्न, वि.क ले आफ्नो जमिन फिर्ता लिन अदालत पनि धाए तर अदालत लाई खानले आफ्नो प्रभावमा पारेर उक्त मुद्दा लाई पटक पटक तामेलीमा राखेर आफ्नो पन्जामा पार्न सफल भए, मुनिरखान विभिन्न नेता,प्रशासन र अदालतको संरक्षणमा अवैध मिटर व्याज, ढुकुटीमा सङ्गलन व्यक्ती हुन।
भोजराज वि.क ले जिल्ला प्रशासन कैलाली र जिल्ला अदालत कैलालीले न्याय नदिन पछि नेकपा कैलालिको न्याय तथा कानुन विभागमा मुद्दा दर्ता गराएका थिए। निवेदन माथिको छलफलमा न्याय तथा कानुन विभागले मुनिरखानले दिएको रकमको बैंकिङ्ग व्याज र सावा फिर्ता लिइ जमिन फिर्ता गर्न वा दिएको रकम बराबरको जमिन लिई बाकी जमिन फिर्ता गर्न आदेश दिएको थियो।
उक्त आदेश कार्यान्वयन नभएको हुदा जिल्ला जनपरिषद लाई कार्वाहीको लागि जिल्ला न्याय तथा कानुन विभागले सिफारिस गरेको थियो।