आज भारत बन्द !

२०७७ मंसिर २३ गते, मंगलवार

काठमाडौं । कृषि विधेयकविरुद्ध आन्दोलनरत भारतका किसानले आज भारत बन्दको घोषणा गरेका छन । सोमबार पत्रकार सम्मेलन गर्दै किसानहरुले मागहरू पूरा गर्नका लागि सरकारले पर्याप्त लचकता नदेखाए आन्दोलन थप चर्काउने चेतावनी दिएका छन । हालै ल्याइएका कृषिसम्बन्धी कानुनहरु रद्द नहुँदासम्म आन्दोलन जारी रहने किसान नेता गुर्नाम सिंह चाडोनीले बताए । किसानहरूले आह्वान गरेको देशव्यापी बन्दप्रति विभिन्न विपक्षी दलहरूले समर्थन जनाएका छनरु। कंग्रेस, तेलंगना राष्ट्रिय समिति, डीएमके, आम आद्मी पार्टी लगायत विभिन्न १८ राजनीतिक दलले त्यसमा समर्थन जनाएका हुन । भारतीय किसानले दिल्लीको सीमाक्षेत्रमा हजारौँको संख्यामा उपस्थित भई विरोध प्रदर्शन गर्दै आएका छन । सरकारले ल्याएको कानुन लागु भएपछि कृषिजन्य उत्पादनले पर्याप्त मुल्य नपाउने दाबी किसानहरुको छ । आन्दोलन चर्किँदै गएपछि सरकारले किसानहरूसँग पटक पटक वार्ता गरेपनि निकास आउन सकेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]