बाइडेनद्वारा सय दिनमा १० करोड खोप उपलब्ध गराउने उदघोष

२०७७ मंसिर २४ गते, बुधबार


काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको सय दिनमा कोरोना भाइरस विरुद्धको १० करोड खोप उपलब्ध गराउने उदघोष गरेका छन । बाइडेनले आफ्नो कार्यकालमा कोभिड–१९ नियन्त्रणका लागि काम गर्ने प्रतिबद्धता समेत जनाएका छन । कोभिड नियन्त्रणका लागि स्वास्थ्य टीम घोषणा गरिसकेको जनाउँदै राष्ट्रपति बाइडेनले सय दिनसम्म अमेरिकीहरुलाई मास्क लगाउन आग्रह गरेका छन । उनले खोप तयार पार्ने फाइजर र बायोन्टेकलाई स्वीकृति प्रदान गर्न मार्ग प्रशस्त गर्ने पनि बताएका छन ।
डेलावेयरमा पत्रकार सम्मेलनमा क्रममा बाइडेनले क्यालिफोर्नियाको महान्यायाधीवक्ता जेभियर बेसेरालाई स्वास्थ्य सचिव र रोग नियन्त्रण तथा रोकथाम केन्द्र प्रमुखमा रोशेल वालेन्स्कीलाई नियुक्त गर्दै उक्त धारणा व्यक्त गरेका हुन् । आफ्नो सय दिने कार्यकालमा कोभिड नियन्त्रणमा नआउने बताउँदै यसको नियन्त्रणका लागि ठोस उपायहरु अवलम्बन गरिने वचन दिएका छन । यसका लागि अमेरिकी कँग्रेसले साथ दिनुपर्ने उनको धारणा छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]