किराँती र कार्कीलाई तत्काल रिहा नगरे उत्पन्न परिस्थितिको जिम्मेवार स्वयम सरकार हुने चेतावनी

काठमाडौं । अखिल क्रान्तिकारीले भोजपुर जिल्ला अध्यक्ष विकाश किराँती र संगठनकै जिल्ला सचिव यमराज कार्कीलाई भोजपुर जिल्लाको सदरमुकामबाट मङ्सिर ८ गते बेलुकी जनयुद्धको झल्को दिनेगरी खाना खाइरहेको समयमा गिरफ्तार गरी झोलामा गोली र हातहतियार राखी आतताई र कायरतापूर्ण ढंगले मानसीक तथा शारारिक यातना दिदै गिरफतार गरिएको घटनाले संगठनको गम्भिर ध्यानआकर्षण भएको जनाउदै बैज्ञानिक समाजवाद र बैज्ञानिक समाजवादी शिक्षाको पक्षमा निरन्तर संघर्षरतहरुलाई यथाशिघ रिहाई गर्न माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारी सगरमाथा क्षेत्रीय समन्वय समिति संयोजक दर्शनकुमार नेपालीले आज एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । संयोजक नेपालीले अन्यथा उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम सरकारको प्रशासन हुने चेतावनी समेत दिएका छन ।
यस बिषयमा अखिल क्रान्तिकारी सगरमाथा क्षेत्रीय समन्वय समिति संयोजक दर्शनकुमार नेपालीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “बैज्ञानिक समाजवादी शिक्षा प्राप्तीको महान यात्रालाई निरन्तरता दिने क्रममा हाम्रो महान तथा गौंरवसाली संगठन अखिल (क्रान्तिकारी) भोजपुर जिल्ला अध्यक्ष क. विकाश किराँती र संगठनकै जिल्ला सचिव क. यम राज कार्कीलाई भोजपुर जिल्लाको सदरमुकामबाट २०७७/०८ /०८ गतेको बेलुकी जनयुद्धको झल्को दिनेगरी खाना खाइरहेको समयमा गिरफ्तार गरी झोलामा गोली र हातहतियार राखी आतताई र कायरतापूर्ण ढंगले मानसीक तथा शारारिक यातना दिदै गिरफतार गरिएको घटनाले संगठनको गम्भिर ध्यानआकर्षण भएको छ ।
केपी ओली नेतृत्वको सामाजिक दलाल, फाँसीवादी सरकारको आगमन पश्चात देश बेरोजगारी, जनघात, राष्ट्रघात, भ्रष्टाचार, कमिसनखोरहरुको अखडा बन्दै गराईरहेको छ । एकातिर देशभक्त क्रान्तिकारी शक्तिलाई प्रतिबन्ध गरी जनताको आवाजलाई निमोठने दुस्प्रयास गरिरहेको छ भने अर्को तर्फ देशी विदेशी तथा सामान्तवाद, साम्राज्यवाद र दलालपूँजीवादीहरुको ईसारामा कठपुतली बनिरहेको छ । सामाजिक फाँसीवादी सरकारको गृहपशासन भोजपुरलाई स्मरण रहोस कि संसारका कुनै पनि तानाशाही फाँसीवादी, निरकुंश सत्ताको बन्दुक, बुट र जेल हिराषतले क्रान्तिकारी यूवा विद्यार्थीहरुको विचारलाई निस्तेज पार्न सकेको ईतिहास छैन तसर्थ बैज्ञानिक समाजवाद र बैज्ञानिक समाजवादी शिक्षाको पक्षमा निरन्तर संघर्षरत् कमरेडहरुलाई यथाशिघ रिहाई गरियोस । अन्यथा उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम सामाजिक दलाल सरकारको प्रशासन हुने चेतावनी दिन चाहनछौँ । “