२२ राजनीतिक संगठन सडकमा : पौष ३ गते प्रदर्शन र कोण सभाको आयोजना

काठमाडौं । राष्ट्रियता, जनजीविकालगायत सरकारले गरेका जनविरोधी, राष्ट्रविरोधी कामको विरोध र भण्डाफोर गर्दै आएको २२ राजनीतिक संगठनहरुको कार्यगत एकताले पौष ३ गते प्रदर्शन र कोण सभाको आयोजना गर्ने बताएको छ । २२ राजनीतिक सङ्गठनहरुको तर्फबाट सी.पी. गजुरेलले प्रेस वक्तव्य जारि गरि आगामी पौष ३ गते दिनको १ बजे माइतीघर मण्डलामा जम्मा भई जुलुस प्रदर्शनका साथ नयाँ बानेश्वरमा २ बजे कोण सभाको आयोजना गर्ने जानकारी दिएका छन ।
यस बिषयमा २२ राजनीतिक सङ्गठनहरुको तर्फबाट सी.पी. गजुरेलले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “देश यतिखेर संगीन अवस्थाबाट गुज्रिरहेको छ । विगतमा हाम्रो कार्यगत एकताले उठाएका राष्ट्रियता, जनजीविका लगायत सरकारले गरेका जनविरोधी, राष्ट्रविरोधी कामको विरोध र भण्डाफोर गर्दै आएको कुरा सर्वविदितै छ । त्यसलाई निरन्तरता दिँदै पछिल्लो चरणमा थप देखा परेका प्रतिगमनको खतरा समेतको विरोधमा आगामी पौष ३ गते दिनको १ बजे माइतीघर मण्डलामा जम्मा भई जुलुस प्रदर्शनका साथ नयाँ बानेश्वरमा २ बजे कोण सभाको आयोजना गर्ने ठेगान भएको छ । उक्त कार्यक्रममा सहभागी हुन सम्पूर्ण जनसमुदायसँग आह्वान गरिएको छ ।
कार्यगत एकतामा सम्मिलित २२ राजनीतिक सङ्गठनहरु
१. नेकपा (मसाल) २. नेकपा (क्रान्तिकारी माओवादी), ३. नेकपा (माले), ४. राष्ट्रिय जनमोर्चा,नेपाल ५. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ६. नेपाल कम्युनिस्ट पार्टी, ७. नेकपा (माओवादी केन्द्र), ८. राष्ट्रिय जागरण मञ्च, ९. जनसमाजवादी पार्टी, १०. नेकपा (संयुक्त), ११. राष्ट्रिय जागरण परिषद्, नेपाल १२. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, १३. नेकपा (बोल्शेविक), १४. राष्ट्रवादी केन्द्र, नेपाल, १५. एम.सी.सी. खारेज अभियान, १६. पुष्पलाल अध्ययन समाज, १७. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), १८. माक्र्सवादी एकता अभियान, १९. नेकपा (माक्र्सवादी), २०. नेकपा माक्र्सवादी (पुष्पलाल), २१. ने.क.पा. (माओवादी) र २२.समाजवादी राष्ट्रिय मञ्च, नेपाल ।”