हिंसाको कारक ओलीको अहंकार कि बिप्लवको संमयमता ?

यतिबेला नेपालका कतिपय पत्रकार, बुद्धिजीवि भन्न रुचाउने स्वनामधन्य अनुहार, अधिकारकर्मीको नाममा पुँजीवादी लुटको रक्षा गरिदिने ठेक्का चलाईरहेका कथित प्रजातन्त्रका हिमायती, र सामाजिक सञ्जालमा चलेका घण्टा–घण्टाका हावाहरुमा ह्वात्तै बहकिने सामाजिक सञ्जाल प्रयोगकर्ताहरु नेपालमा हिंसा सुरु भयो– बिप्लव ब्यक्ति हत्यामा उत्रियो, हिंस्रक गतिबिधि सुरु ग¥यो भनेर चिच्याइरहेका छन् । यो कस्तो बतासे चिच्याहट हो ? जसले न बिगतलार्ई पर्गेल्न सकेको छ न त वर्तमानलार्ई । टिप्पणीकर्ताहरुका यस्ताखाले प्रवृत्ति आफ्नै अधिकार र न्यायका निम्ति बलिदानीपूर्वक संचालन गरिएको क्रान्तिलार्ई गला निमोठ्न हात अगाडि बढाउन खोजिरहेका छन् भन्ने भान हुन्छ । यस्ताखाले प्रवृत्तिहरु आफ्नै न्यायका निम्ति सञ्चालित क्रान्तिको बिरोधमा चलाईएको नियोजित हावासँगै बहकिएर आफ्नो खुट्टामा आफैँ बन्चरो साँध्न खोजिरहेका छन् । डलरे भावनाको बतासमा बहकिनुपूर्व वर्तमान सत्ताको शोषणको जुवाले किचिरहेको आफ्नो उत्पीडित धरातललाई सबैले स्मरण गर्न सान्दर्भिक हुन्छ । साथै सही र गलत छुट्याएर आफ्नो र यो राष्ट्रको आगामी भविष्यलार्ई न्याय प्रदान गर्न आवश्यक छ ।
थोरै बिगततिर जाऔं– राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा आफ्नो उपस्थिति जनाएर जनताको बीचमा शान्तिपूर्ण रुपमा आन्दोलन गरिरहेको पार्टीलार्ई प्रतिबन्ध कसले लगायो ? केपी र प्रचण्डले लगाए जवाफ अगाडि छ । लिपुलेक क्षेत्रमा भएको भारतीय अतिक्रमणविरुद्ध सर्वप्रथम सशक्त रुपमा ‘लिपुलेक हाम्रो हो’ को नारा लगाएर नेपाल कम्युनिस्ट पार्टी सडकमा आयो । एनसेलको कर छलीविरुद्ध संघर्ष र जनकारबाही, भ्रष्टचारीहरुलाई जनकारबाही, सुकुमबासी माथि भएका अमानवीय अत्याचारविरुद्धका संघर्ष, महिला, दलित र उत्पीडित जनताविरुद्ध भएका अपराधका बिरुद्ध संघर्षहरु, सामाजिक असमानता र अन्यायहरुका बिरुद्ध नेपाल कम्युनिस्ट पार्टीले जनताको बीचमा रहेर संयमतापूर्वक जनसंघर्ष सञ्चलान गर्दै आयो । कहिले पनि हिंसा र युद्धको कुरा नेपाल कम्युनिस्ट पार्टीले गरेन । सेना, प्रहरी सबैलार्ई सम्बोधन गर्दै राष्ट्र र जनताको पक्षमा मिलेर अगाडि बढौं भनेर निरन्तर अनुरोध गरिरह्यो । तर, यसको बदलामा लुटपाट र शोषणको रक्षक बनेको केपी ओली सरकारले नेपाल कम्युनिस्ट पार्टी माथि २०७५ फागुन २८ गतेबाट हिंसात्मक प्रतिबन्ध थोप¥यो । र, प्रतिबन्धको आड र ओलीको अहंकारको रवाफमा ओलीको सामाजिक फासीवादी सरकार ब्यक्ति हत्यामा उत्रियो । निहत्था कुमार पौडेलको हत्या ग¥यो । तिर्थ घिमिरेलार्ई कुटीकुटी मा¥यो । नीर कुमारलार्ई पक्राउ गरी हात बाँधेर खोल्सामा लगेर गोली हानेर मारियो । कपिलवस्तुमा पार्टीका कार्यकर्तालाई गोली प्रहार गरियो । दर्जनौँ स्थानमा गोली प्रहार गरियो । हजारौंलार्ई गिरफ्तार गर्नुका साथै चरम यातना र झुठा मुद्दाहरु लगाएर अमानवीय दुःख दिने काम भयो । अर्थात् जनताले संयमतापूर्वक संचालन गरेको आन्दोलनलार्ई दबाउन ओलीको अहंकारी रवाफ क्रुर र अमानवीय बन्दै गयो । यी विषय यस आलेखको सुरुवातमा सम्बोधन गरिएका बुद्धिबिलास गर्ने सम्पूर्ण महानुभावहरुलार्ई अवगत छ । त्यसैले थोरै अगाडि फर्कौं र सबैले समीक्षा गरौं हिंसाको कारण केपी ओलीको अहंकार हो कि बिप्लवको संमयमता ? हिंसाको बीज ओली अहंकारले रोप्यो कि, बिप्लवको संयमताले ? हिंस्रक ओलीको अहंकार हो कि, बिप्लवको जवाफदेहिता ?
जनयुद्धलाई धनयुद्धमा रुपान्तरण गरेर पुँजीवादी डाकाहरुका टाङमुनि छिरेका लम्फुहरुको धोकाधडी र बैमानीद्वारा सिर्जित दलाल पुँजीवादी सत्ताको कारण पैदा भएको जनसंकटको निवारण के बिप्लवले पनि लुटेराहरुको टाङ मुनि छिरेर झण्डावाल गाडीमा हिँड्नु हुन्थ्यो होला त ? के प्रकाण्ड सत्तालिप्सामा मद्होस् भएर कुर्सी दाउपेचमा धपेडी गर्नुहुन्थ्यो होला त ? पक्कै पनि झापा बिद्रोह, जनयुद्ध र सबै न्यायपूर्ण आन्दोलनहरुको सपना यो होइन र थिएन । १० औं हजार सहिदहरुको बलिदानीको मूल्य यस्तो थिएन र होइन । जनताको सत्ता निर्माण गर्ने यस्तो दूषित अभीष्ट कम्युनिस्ट आन्दोलनको कदाचित होइन । अहंकारी ओली र धुर्त दाहालजस्ता हुतिहाराहरु जनताका दुश्मनहरुसँग आन्द्रा जोड्दै दलालहरुका लुटको सुरक्षा गर्न गए भन्दैमा जनताको सपनालाई बिप्लवहरुले लत्याएर कुनै कुनामा वा दूरदराजमा गुम्नाम बस्न सकेनन् । त्यसैले बिप्लवीहरु दुःख र संकटका कहालीलाग्दा भिर चढ्न तम्सिए, हिम्मत गरे । बिप्लव–प्रकाण्डलार्ई जनताको झुपडी नै प्यारो भयो । नेपाल कम्युनिस्ट पार्टी सहिदहरुको बलिदानीको स्मरण गर्दै बलिदानीको सपथ शिरोधार्य गरेर कि मुक्ति कि मृत्युको मार्ग हिंड्न थाल्यो । ओलीको अहंकार र दाहालको धुत्र्याइँले यसलाई लुटेरा देखे । विभिन्न मञ्चबाट विष बमन गर्दै बिप्लवलाई लुटेराको नेता भन्न ओली अहंकार उद्यत बन्यो । आफ्ना निकृस्ट र हठात आरोपहरुको बाढी चलाए । तथापि बिप्लव प्रकाण्डहरुले आफ्नो संयमता, धैर्यता र जनउत्तरदायितालार्ई कहिल्यै भुलेनन् । आखिर को थियो लुटेरा ? को थियो लुटेरा दलालहरुको ठेकेदार नेता ? को थियो भ्रष्टाचारी ? जनताको अगाडि छर्लङ्गै छ । त्यसैले समीक्षा यहाँ गर्न आवश्यक छ, आखिर हिंसाको कारण बिप्लवको संमयता हो कि ओलीको अंहकार ? टिप्पणीकारका कलमका मसीहरु जनताको बीचमा खडा भएको दुई बिपरीत धार पुँजीवादी लुटेरा सत्ता र यसको बिकल्प बैज्ञानिक समाजवादी सत्ता दिइरहेको नेपाल कम्युनिस्ट पार्टीद्वारा सञ्चालित एकीकृत जनक्रान्ति बीचको टकरावपूर्ण बिगत र वर्तमानका वास्तविक, यथार्थ र तथ्यपरक सत्यमा सल्बलाउनु पर्छ, यही न्यायोचित हुन्छ ।
दुनियाँ जगत्ले देख्न सक्यो, एकीकृत जनक्रान्ति र बिप्लवलार्ई, खुल्ला मञ्चमा लाखौं जनताहरुको बीच बिप्लवले गरेको सम्बोधनलाई तर कुनै–कुनै मञ्चमा गएर बिप्लव को हो म चिन्दिन भनेर ओलीको अहंकार बोलिरह्यो । ओलीको कथित राष्ट्रवादले सिके राउतजस्तो पृथकतावादीलार्ई देख्यो र रातो कार्पेट टक्र्यायो तर बिप्लवको राष्ट्रिय स्वाधीनताको आन्दोलन र जायज मागहरुलाई ओलीको अहंकारले सदैब तिरस्कार गरिरह्यो । वार्ताको हल्ला चलाउँदै दमनका घीनलाग्दा दुश्चक्रहरु ओलीयनहरुले चलाइरहे । सरकारको नेतृत्व गरेको र आपूmलाई लोकतन्त्रवादी, समाजवादी भन्ने चाटुकार ओलीसंग थोरै पनि जवाफदेहिता थियो भने इमानदारितापूर्वक वार्ताको वातावरण बनाएर एक पटक कुरा सुन्ने हिम्मत गर्नु पथ्र्यो । लोकतन्त्रको आवरणमा फासीवादी हैकम सञ्चालन गरिरहेका संसद्वादीहरु यदि यो राज्यप्रति इमानदार हुन्थे भने सबै पक्षको आवाजहरुलाई सुन्न तयार हुन्थे र राज्यको आगामी दिशाको योजना बनाउन सहमतिको निम्ति प्रयत्न गर्ने थिए । राष्ट्र र जनता माथि संकट थोपरेर सोबिरुद्ध उठेको आवाजको सुनुवाई गर्नुको साटो हिंसात्मक प्रतिबन्ध लाद्दै जनहत्यामा उत्रिएको ओलीको अहंकार दोषी छ कि बिप्लवको अहिलेसम्मको संमयमता ? राज्यविहीनताको वातावरण बनाउने ओलीको भ्रष्ट कमिनापन हानिकारक कि बिप्लवको देशप्रेम र जनताको मुक्तिको सपना ? समीक्षा यहाँ गर्न आवश्यक छ महाशय । त्यसैले बिरोध अहंकारी ओलीको हिंसात्मक प्रतिबन्धको गर्ने कि बिप्लवी प्रतिरोधको ? न्याय बोल्न हिम्मत चाहिन्छ महोदय । तपाइँका अखबार र अनलाइनहरु न्याय बोल्न सक्छन् ? मेरो प्रश्न रहेको छ ।
२३ गते मंगलवारका दिन मोरङ्गमा एउटा दुःखद घटना घट्यो । नेपाल कम्युनिस्ट पार्टीद्वारा जारी गरिएको बिज्ञप्तिअनुसार मृतकलार्ई पटक–पटक सच्चिन अनुरोध गरेको स्पस्ट छ । कारणले परिणामलार्ई निम्त्याएको छ । ओली अहंकारले लादेको हिंसात्मक प्रतिबन्ध र जनदमनलार्ई भुलेर बतासे टिप्पणीकारहरु यही मोरङ्ग घटनालाई उचाल्न खोजिरहेका छन् । स्मरणरहोस पूर्वमा ओली अहंकारले लादेको अचाक्ली दमन र दमनका मतियारहरुबिरुद्ध पार्टीले अधिकतम लचकदार बनेर आफ्नो संमयमता प्रदर्शन गरेको पनि सबैमा जाहेर छ । तर, के सहनशीलता कमजोरी हो ? सहनशील बन्नु भनेको पराजित र निकम्मा बन्नु हो ? सहनशीलताको नाममा हजारौं सहिदहरुको सपना र नेपाली जनताको चाहनालाई गुफामा थुन्नु जायज हुन्छ ? के परिस्थितिले आपूmबिरुद्ध लादिएका फलामे साङ्लाहरु तोडेर अगाडि बढ्ने प्रयत्न गर्दैन ? के अर्जुनले भिष्मपितामहको बध गर्नुपर्ने अवस्था बनेन ? निश्चित गन्तव्य बनाएको यात्रीले आफ्नो सडकका काँडेतार र पत्थरहरु पन्छाउनु पर्दैन ? मोरङ्ग घटनामा मृत्यु प्राप्त गर्ने शिक्षक ग्रामीण दूरदराजमा बस्ने एक नेपाली नागरिक हुन् तर के त्यो ग्रामीण भेगप्रति ओली अहंकारले लादेको उत्पीडनप्रति उनी संवेदनशील बन्नु पर्दैन थियो होला ? उनले गरेको सुराकी कर्म केका लागि र कसको लागि यति भेद उनले खोट्याउनु पर्दैन थियो होला ? तिनै जनताको न्यायको निम्ति कोही खाई नखाइ, लड्दै मर्दै भिरमा हिंड्ने, अनि उनी तिनै जनताको न्यायका निम्ति संचालन गरिएको आन्दोलनमा तगारो बन्नु जायज हुन्छ ? सुराकी गर्नु एक निन्दनीय र अक्षम्य अपराध हो । अपराधको दण्ड जो–कोही त्यस्तो कर्म गर्नेले ढिलो या चाँडो भोग्नै पर्छ । कि त मुक्ति या मृत्युको सपथ लिएर हिँडेका योद्धा नेपाल र नेपाली जनताका गर्व हुन्, सम्पत्ति हुन् । उनीहरुको सुरक्षामा कसैले पछाडिबाट तिर हान्छ भने पक्कै पनि जनताले त्यस्ता भेदीहरुलाई बाँकी राख्दैनन् । भोलि को रहला को नरहला, कसको छातीमा गोली दागिएला या कसलार्ई बेपत्ता पारिएला तर निश्चित छ दलाल पुँजीवादी लुटेरा सत्ताबाट नेपाली जनतालाई मुक्त गरेर बैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने क्रान्तिको सपना कहिलै मर्दैन । यो रक्तरंजित सपना भोलि कोही योद्धा भएर अवश्य उठ्ने छ र क्रान्ति बिरोधीहरुलाई दण्डित गर्ने छ । निश्चिय छ एकीकृत जनक्रान्तिले झापा बिद्रोहका सुराकीहरुको त्यतिबेलाको दुष्कर्म पनि खोतल्ने छ । नेत्र घिमिरे, बिरेन राजवंशीलगायत त्यसबेलाका योद्धाहरुको सुराकी गर्नेलार्ई पनि सजाय दिने छ । जनयुद्धका सुराकीहरु पनि यो दण्डबाट उम्केर स्वतन्त्रताको हावा खाएर सधैँ उन्मुक्त हिंड्न सम्भव छैन । कोही नेपालीले अनाहकमा नमरुन, क्रान्तिमा कमभन्दा कम क्षति होस् भन्ने र जनताको सुरक्षालार्ई नै अधिकतम प्रथामिकतामा नेपाल कम्युनिस्ट पार्टीले राखेको पार्टीका हरेक गतिबिधिबाट थाहा पाउन सकिन्छ । र यसमा महासचिब बिप्लवको संवेदनशीलता र संमयमता अधिकतम पाउन सकिन्छ । तथापि ओलीको अहंकारी फासीवाद जनहत्यारो बनेको छ, ओलीको निकृष्ट अहंकार समाजमा देखिएका हरेका हिंसाका कारणहरु बन्न पुगेका छन् । त्यसैले ओलीको अहंकार र गैरजिम्मेवारीपन नै हिंसाको प्रमुख कारण हो । यो मुलुकलार्ई ओलीको अहंकारी हिंसाबाट बचाऔं, ओलीयन अहंकारी फासीवादलार्ई सत्ताबाट गलहत्याएर बैज्ञानिक समाजवादी सत्ताको स्थापना गरौं ।