पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ तथा डिजेल र मटितेलमा दुई र दुई रुपैयाँले मूल्य बढाएको छ । निगमको नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ पुगेको छ । यस्तै डिजेल र मटितेलको मूल्य ९१ प्रतिलिटर भएको छ। डिसेम्बर १ मा भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार मूल्य बढेर प्राप्त भएका कारण स्वचालित मूल्य कार्यान्वयन कार्यविधिअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ।