सामाजिक सुरक्षा कोष गतिहीन

२०७७ मंसिर ३० गते, मंगलवार


काठमाडौं । सरकारले दुई वर्षअघि सुरु गरेको सामाजिक सुरक्षा कोषमा अझै पनि बैंक तथा वित्तीय संस्थाहरूले अझै पनि उत्साहजनक रुपमा सहभागिता जनाएका छैनन् । निजीक्षेत्रका कामदालाई पनि पेन्सन उपलब्ध गराउने अवधारणासहित थालिउको कोषमा वाणिज्य बैंक, विकास बैंक, वित्त र लघुवित्त संस्थाहरू न्यून संख्यामा मात्र सूचीकृत भएका छन् । कोषको तथ्यांकअनुसार हालसम्म २७ वाणिज्य बैंकमध्ये आठवटा वाणिज्य बैंकमात्र दर्ता भएका छन् । प्रभु, लक्ष्मी, प्राइम कमर्शियल, मेगा, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) र ग्लोबल आईएमईलगायत बैंक सूचीकृत भएका छन् । दर्ता भएका बैंकका सबै श्रमिकको नाम पनि सूचीकृत गरिएको छैन । एउटै बैंकमा सयौं कर्मचारी भए पनि सबै बैंकबाट जम्मा ९९ जना श्रमिकको नाम मात्र सूचीकृत छ ।
कोषमा १९ विकास बैंकमध्ये ६ वटामात्र सूचीकृत भएका छन् । त्यसमा पनि योगदानकर्ता भने अझै सूचीकृत भएका छैनन् । सञ्चालनमा रहेका ७८ लघुवित्तमध्ये २ वटामात्र कोषमा सूचीकृत भएका छन् । कोषले वित्तीय कम्पनी भनेर तथ्यांक छुट्टै नराखे पनि सूचीकृत ९ सय ८ वटा कम्पनीका ५ हजार ५ सय ३६ जना श्रमिकको नाम दर्ता गरिएको कोषले जनाएको छ ।
सूचीकृत संस्थामध्ये १ सय ६१ वटा संस्थाका २ हजार ३ सय ८६ जना श्रमिकले मात्र योगदान गरेका छन् । योगदानकर्ताबाट कोषमा १३ करोड ८२ लाख ५६ हजार रुपैयाँ बराबरको रकम संकलन भएको छ । कोषमा रहेका नीतिगत अस्पष्टताका कारण अधिकांश बैंक यसमा आबद्ध नभएको बताउँछन् ।कोषको आयकरसम्बन्धी व्यवस्था स्पष्ट नभएको पनि उनीहरुको गुनासो छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु