‘ वैज्ञानिक समाजवाद निर्विकल्प ‘

२०७७ पुष ६ गते, सोमबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले संसदीय व्यवस्थाको असफलताले वैज्ञानिक समाजवादको आवश्यकतालाई निर्विकल्प पुष्टि गरेको बताएको छ। सो पार्टीका महासचिव विप्लवले आइतबार एक बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् । बिज्ञप्तिमार्फत महासचिव विप्लवले संसदीय व्यबस्थाको विकल्प आवश्यक रहेको र त्यसको नेतृत्व आफूहरुले गर्ने समेत बताएका छन ।
महासचिव विप्लवले नेपाली जनताको अग्रगामी एवं रुपान्तरणकारी चाहना र दलाल पुँजीवादी राज्यव्यवस्थाको पश्चगामी, प्रतिक्रियावादी प्रवृत्तिका साथै साम्राज्यवादी घुसपैठका कारण पैदा हुने संघर्षले उनीहरुले जतिसुकै शान्ति र समृद्धिको प्रचार गरेपनि यो असफलता र संकट आउनु स्वभाविक भएको बताएका छन् । उनले जनताको शान्ति र प्रगतिको आकांक्षा पुरा गर्न असफल हुँदा फासीवादको सहारामा आफ्नो संकट तार्न खोज्ने संसदवादी तत्वको विश्वव्यापी चरित्र अनुसार केपी वलीले संसद विघटनजस्तो कदम चालेको बताएका छन् ।
संसदीय व्यवस्थाको गोलचक्करबाट जनताको समस्या समाधान होला भन्ने भ्रममा पर्नु गलत भएको भन्दै महासचिव विप्लवले यो संकटको वास्तविक समाधान, शान्ति, स्थीरता, स्वाधीता र समृद्धिका लागी वैज्ञानिक समाजवाद स्थापनार्थ सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, लोकतन्त्रवादी, प्रगतिशील, देशभक्त शक्तिहरुलाई नयाँ आधारमा ऐतिहासिक संवाद, सहकार्य र मोर्चाबन्दीमा जुट्न आग्रह समेत गरेका छन् । महासचिव विप्लवले सम्पूर्ण नागरिकलाई आमुल परिवर्तनकारी संघर्षमा सहभागि बन्न र सहयोग गर्न अपिल समेत गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]