गाग्री छोएको निहुँमा दलित महिलामाथी कुटपिट

२०७० मंसिर ११ गते, मंगलवार

पोखरा, ११ मंसिर – सार्वजनिक धारामा गाग्री छोएको निहुँमा दुर्व्यवहार गरेको आरोपमा कास्कीको लेखनाथमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
लेखनाथ नगरपालिका वडा नम्बर २ रिठ्ठेपानीकी सविता विश्वकर्मालाई कुटपिट र दुव्र्यवहार गर्ने स्थानीय रमा कुमाललाई प्रहरीले पक्रेको हो ।
सोमबार विहान सार्वजनिक धारामा पानी भर्ने क्रममा आफ्नो भाँडा छोएको भन्दै कुमालले विकमाथि कुटपिट गरेकी थिइन् । कुटपिटबाट घाइते विकको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भैरहेको छ । कुटपिटबाट बिकको निधारमा चोट लागेको छ ।
कुटपिट र दुव्र्यवहारपछि, पीडितका आफन्तले प्रहरीमा गरेको उजुरीका आधारमा कुमाललाई पक्राउ गरिएको प्रहरी निरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।महिला हिंसा विरुद्धको अभियान सुरु भएकै दिन महिला माथि महिलाले गरेको दुव्र्यवहारप्रति महिला तथा दलित अधिकारकर्मीहरुले दुःख प्रकट गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज हरि बोधिनी एकादशी

२०८२ कार्तिक १६ गते, शनिबार

बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

२०८२ कार्तिक १५ गते, शुक्रबार

विश्व सहरीकरण दिवस मनाइँदै

२०८२ कार्तिक १५ गते, शुक्रबार