सात बिद्यार्थी संगठनद्वारा गैरन्यायिक गिरफतारीको प्रतिवाद गर्ने चेतावनी

२०७७ पुष ७ गते, मंगलवार


काठमाण्डौ । अखिल क्रान्तिकारीलगायतका सात बिद्यार्थी संगठनले विचार र आस्थाका आधारमा राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने तर जनताका आधारभूत आवश्यकताप्रति अत्यन्तै गैहजिम्मेवार रहेको ओली सरकारको निरंकुश कदमको घोर भ्रत्सर्ना एवं निन्दा गरेको छ । नेकपा निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकाल, अखिल (क्रान्तिकारी)का अध्यक्ष, आलोक रायमाझी , अखिल (क्रान्तिकारी)का हरिकृष्ण गजुरेल , अखिल (छैठौँ)का अध्यक्ष बिमल पोखरेल, अखिल (पाँचौं)का अध्यक्ष घनश्याम मिश्र, अखिल नेपाल विद्यार्थी युनियनका सचिवालय सदस्य मनिष भट्टराई , राष्ट्रवादी विद्यार्थी संघका उपाध्यक्ष हिमाल थापाले सोमबार संयुक्त बिज्ञप्ति जारी गर्दै सो निन्दा गरेका हुन्। उनीहरुले बिज्ञप्तिमार्फत शान्तिपूर्ण कार्यक्रममा सहभागी विद्यार्थी नेताहरुलाई बिचार र आस्थाकै कारण पक्राउ गरी बन्दी बनाउने वर्तमान सरकारको हर्कत अत्यन्तै निरकुश कर्तुत भएको बताउदै पक्राउ गरिएका विद्यार्थी नेताहरुलाई तत्काल बिनासर्त रिहाइ गर्न जोडदार माग गरेका छन । अन्यथा कडा भन्दा कडा संघर्ष मार्फत उक्त गैरन्यायिक गिरफतारीको प्रतिवाद गरिने चेतावनी समेत दिएका छन ।
यस बिषयमा अखिल क्रान्तिकारीलगायतका सात बिद्यार्थी संगठनले जारी गरेको संयुक्त विज्ञप्ती यस्तो छ : “राष्ट्रघात, जनघात, भ्रष्टाचार लगायतमा लिप्त भएको वर्तमान ओली सरकारको यही पौष ५ गते संसद विघटन गर्ने हर्कतले उसको असंवैधानिक र प्रतिगमनकारी चरित्र उदाङ्गो भएको छ । विचार र आस्थाका आधारमा राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने तर जनताका आधारभूत आवश्यकताप्रति अत्यन्तै गैहजिम्मेवार रहेको ओली सरकारको निरंकुश कदमको संयुक्त विद्यार्थी आन्दोलन घोर भ्रत्सर्ना एवं निन्दा गर्दछ ।
यही पौष ३ गते mcc खारेजी, जनजीविका, राष्ट्रियता लगायतका विषयमा २२ दलद्वारा काठमाडौंमा आयोजित विरोध कार्यक्रमबाट नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का नेता जनक कुमार सार्कीर सोही संगठनका केन्द्रीय सदस्य उषाकिरण आजादलाई यही पौष ६ गते काठमाडौंबाट वर्तमान ओली सरकारले गिरफ्तार गरी बन्दी बनाएको विषयमा संयक्त विद्यार्थी संगठनहरूको गम्भीर ध्यानाकर्षण भएको छ । शान्तिपूर्ण कार्यक्रममा सहभागी विद्यार्थी नेताहरुलाई बिचार र आस्थाकै कारण पक्राउ गरी बन्दी बनाउने वर्तमान सरकारको
हर्कत अत्यन्तै निरकुश कर्तुत हो । पक्राउ गरिएका विद्यार्थी नेताहरुलाई तत्काल बिनासर्त रिहाइ गर्न संयुक्त विद्यार्थी आन्दोलन जोडदार माग गर्दछ । अन्यथा कडा भन्दा कडा संघर्ष मार्फत उक्त गैद्न्यायीक गिरफतारीको प्रतिवाद गरिने समेत स्पष्ट पार्दछौँ ।”

प्रतिक्रियाहरु

[anycomment]