अनलाइनबाट पुनः श्रम स्वीकृति दिइदै
काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई आजदेखि अनलाइनबाट पुन श्रम स्वीकृति दिने व्यवस्था लागु गरिएको जनाएको छ । अनलाइनबाटै श्रम स्वीकृति दिन सकिने गरी सफ्टवेयरको विकास गरिसकेकाले आजदेखि जुनसुकै देशबाट सहज रूपमा अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन सकिने रोजगार विभागले जनाएको हो । यो व्यवस्थासंगै म्याद सकिएका जो सुकैले श्रमका लागि मात्रै नेपाल आउनुपर्ने बाध्यता हटेको छ ।
यसका लागि वैदेशिक रोजगारीमा जाने व्यक्तिले कल्याणकारी कोष र म्यादी बीमा वापतको रकम अनलाइनबाट बुझाउन मिल्ने व्यवस्था पनि गरिएको छ ।