युवा संगठन सियारीको भेला सम्पन्न

काठमाडौं । रूपन्देहीको सियारी गाउँपालिकामा युवा संगठन नेपालको भेला सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनको भेलाले रमेशकुमार थारूको अध्यक्षतामा १३ सदस्यीय २ नम्बर वडा इकाई कमिटी गठन गरेको छ । भेलालाई सम्बोधन गर्दै युवा संगठन नेपाल लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले युवाहरु दलाल संसदीय व्यवस्था विरुद्ध संघर्ष गर्दै एकीकृत जनक्रान्तिको पक्षमा युवाहरुले संगठित हुन आवश्यक भएको बताए । उनले स्थानीय तहमा देखिएको भ्रष्टाचार, कमिसन, ढिलासुस्ती विरुद्ध संघर्ष गर्न युवाहरुलाई निर्देशन समेत दिए । भेलामा नेकपा सियारी गाउँपालिका इन्चार्ज रोमियो र युवा संगठन नेपाल जिल्ला अध्यक्ष साइमनले राजनीतिक र सामाजिक विसंगति विरुद्ध युवाहरु संघर्षमा जुट्न अनिवार्य भएको बताएका थिए । उनीहरुले स्थानीय स्तरमा देखिएका समस्याहरु समाधानका लागी युवाहरु आफै संगठीत हुन जरुरी भएको समेत बताए ।