शिक्षक सेवाको नतिजा आउन थाल्यो सबै नतिजा आउन १ महिना लाग्ने

२०७० मंसिर १२ गते, बुधबार

काठमाडौ, १२ मंसिर– शिक्षक सेवा आयोगले स्थायी शिक्षकको लागि लिएको लिखित परीक्षाको सबै नतिजा एक महिनाभित्र सार्वजनिक गरिसक्ने तयारी गरेको छ ।यसैबीच आयोगले मंगलबारदेखि नतिजा प्रकाशन गर्न सुरु गरेको छ । सुदूर र मध्यपश्चिम क्षेत्रको माध्यमिक तह तर्फको नतिजा सार्वजनिक गरेको आयोगले अरु नतिजा पनि क्रमशः सार्वजनिक गर्दै जाने बताएको छ । लिखित परीक्षाको नतिजासँगै पुसको दोस्रो हप्तादेखि अन्तवार्ता सुरु गर्ने आयोगको तयारी छ ।
आयोगले प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा १३ हजार ५९ पदका लागि विज्ञापन गरेको थियो । गएको जेठमा भएको परीक्षामा देशभरबाट चार लाख ८० हजार सातसय ५८ जनाले प्रतिस्पर्धा गरेका छन् । अहिले देशभर २५ हजार शिक्षकको दरबन्दी खाली रहेको अनुमान छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार

आज विश्व धूमपानरहित दिवस

२०८२ जेष्ठ १८ गते, शनिबार