आज माओ दिवस

२०७७ पुष ११ गते, शनिबार

काठमण्डौं । आज चिनियाँ नयाँ जनवादी क्रान्तिका नेता माओ–त्सेतुङको जन्मदिन अर्थात १ सय २८ औं माओ दिवस । आज संसारभरका कम्युनिस्ट पार्टीहरुले यो दिवस मनाउने गरेका छन् । २६ डिसेम्बर सन् १८९३ मा माओको जन्म चीनको हुनान प्रान्तको साओसानमा भएको थियो । माओले चिनियाँ जनवादी क्रान्ति सम्पन्न गरि माक्र्सवादका तीनवटा संघटक अंग दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमा सार्वभाैम विकास गरेका थिए ।
नेपालमा माक्र्सवाद-लेनिनवाद-माओवाद पथप्रदर्शक सिद्धान्तमा आधारित भएर तत्कालिन विद्रोही नेकपा माओवादीले दशवर्षसम्म राज्य विरुद्ध सशस्त्र संघर्ष गरेको थियो । संघर्षकै बलमा तत्कालिन विद्रोही नेकपा माओवादी र तत्कालिन सात राजनीतिक दलको आन्दोलनले नेपालबाट राजतन्त्रको अन्त्य भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]